सदनमा प्रचण्डले खोजे प्रधानमन्त्री ओली, देउवा भने टुप्लुक्क आइपुगे « Khabarhub

सदनमा प्रचण्डले खोजे प्रधानमन्त्री ओली, देउवा भने टुप्लुक्क आइपुगे


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तापक्षका नेता बोल्दा प्रतिपक्षका नेताहरु सदनमा उपस्थित भएको स्मरण गराउँदै विपक्षका नेताहरू बोल्दा पनि प्रधानमन्त्री उपस्थित नभएको भन्दै खोजी गरेका हुन्।

त्यसैगरी उनले सम्बोधनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि खोजी गरेका थिए । तर, प्रचण्डले सम्बोधन गरिरहँदा केहीबेरमा देउवा संसद्मा उपस्थित भए । देउवा आएकोमा खुसी व्यक्त गर्दै प्रचण्डले धन्यवाद दिए ।

प्रचण्डले हिउँदे अधिवेशनको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी नेताको हैसियतामा पहिलोपटक सम्बोधन गरेका छन्।

उनले प्रधानमन्त्री नआए पनि कांग्रेस सभापति देउवा सदनमा उपस्थित भएको कुरामा खुसी व्यक्त गरे । तर उनले सरकारको कडा आलोचना गरे । ३५ वर्ष सत्तामा हुँदा गर्न नसकेको काम सदन चल्नुभन्दा अघि ६ वटा अध्यादेश ल्याएर के गर्न खोजेको भनेर उनले पश्‍न गरे ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  २ : ३८ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट