हेटौँडा उपमहानगरद्वारा फोहर संकलन स्थगन « Khabarhub

हेटौँडा उपमहानगरद्वारा फोहर संकलन स्थगन


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनहरी– आजदेखि हेटौंँडा उपमहानगरपालिकाभित्रका १९ वडामा फोहर संकलन अनिश्चित कालका लागि स्थगन गरिएको छ । 

मंगलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा अर्को आदेश नभएसम्मका लागि फोहर नफाल्न उपमहानगरपालिकाको नाममा निषेधाज्ञा जारी गरेसँगै फोहर संकलन तथा व्यवस्थापन स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरको कार्यालयले आज सूचना जारी गर्दै अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहर संकलन स्थगन गरिएको उल्लेख गरेको हो ।

उपमहानगरका प्रवक्ता सविन न्यौपानेले अदालतले राप्ती तटमा फोहर नफाल्न आदेश जारी गरेको बताउँदै उपमहानगरसँग वैकल्पिक स्थान नभएकाले तत्काल फोहर उठाउन रोक्नु परेको उल्लेख गरे । 

दुई साता अघि राप्ती तटमा रहेको फोहर संकलन तथा व्यवस्थापन केन्द्रमा आगलागी भएपछि प्रदूषण फैलिएको भन्दै निवेदक योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए। 

सोको सुनुवाइ गर्दै न्यायाधीश डा निर्मला पौडेल भट्टराईको एकल इजलासले गत मङ्लबार राप्ती तटमा फोहर फाल्न नलगाउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  २ : ५२ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी