भेरी नदिमा बेपत्ता २ मध्ये १ जनाको शव भेटियो | Khabarhub Khabarhub

भेरी नदिमा बेपत्ता २ मध्ये १ जनाको शव भेटियो


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

धनगडी– बुधबार झोलुङ्गे पुल मर्मत गर्ने क्रममा भेरी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ । 

सुर्खेतको बराहताल गाउँपालिका–४ को कुटा र पञ्चपुरी नगरपालिका–१० को चाम्री जोड्ने झोलुङ्गे पुल मर्मतका क्रममा दुई जना मजदुर भेरी नदीमा खसेर बेपत्ता भएका थिए । 

आज सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोलीले एक जनाको शव निकालेको डीएसपी शैलेन्द्र थापाले बताएका छन् । अर्का एक जना अझै बेपत्ता छन्, उनको खोजी कार्य जारी रहेको छ।

पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन झाँक्री मगर निमार्णाधीन झोलुङ्गे पुलको लट्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदिमा खसेका थिए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ३ : ४६ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

विधायन व्यवस्थापन र राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुई समितिको बैठक बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।