वर्तमान सरकारले जनताका अपेक्षा पुरा गर्नसक्छ : डा. महत « Khabarhub

वर्तमान सरकारले जनताका अपेक्षा पुरा गर्नसक्छ : डा. महत


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले वर्तमान सरकारले जनताको अपेक्षा पुरा गर्न सक्नुपर्ने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले ठूला दल मिलेर बनेको सरकारप्रति जनताको धेरै आशा रहेको भन्दै जनताको आशा पुरा गर्न खरो रूपमा उत्रनुपर्ने बताएका हुन् । 

पार्टी भन्दा माथि उठेर सरकारले काम गर्न सक्नुपर्ने उनले बताए । उनले पदबाट बाहिर निस्केपछि प्रचण्डले सदनमा आक्रोश व्यक्त गरेका टिप्पणी गरे । 

एकदलीय व्यवस्था स्थापित गर्न माओवादीले युद्ध लडेको भन्दै उनले सबैको पहलका कारण माओवादी बहुदलीय व्यवस्थामा आएको जिकिर गरे। उनले लगानी बढाउनका लागि नै सरकारले अध्यादेश ल्याएकाले सबै एकमत हुनुपर्ने धारणा राखे ।  

त्यस्तै एमाले सांसद रघुजी पन्तले तथ्यका आधारमा सरकारको विरोध गर्न प्रतिपक्षीलाई सुझाव दिए । उनले संसदमा प्रचण्डले दिएको अभिव्यक्ति तथ्यमा भन्दा कुण्ठामा आधारित रहेको जिकिर गरे ।

सत्य र तथ्यका साथै जनताको आकांक्षामा माओवादी पार्टी देखा पर्न नसकेको उनले बताए । उनले सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कुनै कारण नरहेको धारणा राखे । 

उनले भने, ‘त्यसैले यो संवैधानिक अधिकार हो, निश्चय पनि अध्यादेशमा आएका बुँदाहरूले, अध्यादेश दफाहरूले यदि, नेपाली जनताको अधिकार खोस्छ, नेपाली जनताको अहित गर्छ, नेपालको सार्वभौमसत्ता र नेपालको राष्ट्र हितमाथि चोट पुर्‍याउँछ भने उहाँले देखाएर भन्नुस् म पनि त्यसलाई समर्थन गर्छु । होइन भने कुण्ठा र छटपटी प्रधानमन्त्री पद फुत्केको कुण्ठा अनि तावाबाट भुङ्ग्रामा परेको माछाजस्तो उफ्रेर के गर्नु ? केही अर्थ छैन यसको । जनतालाई समाधान चाहिएको हो । जनतालाई आरोप होइन, बाटो चाहिएको छ ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ५ : ५२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार