१६७ अर्बले घट्यो बजेट आकार, अर्थमन्त्री पौडेल बने रक्षात्मक « Khabarhub

१६७ अर्बले घट्यो बजेट आकार, अर्थमन्त्री पौडेल बने रक्षात्मक


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट आकार एक खर्ब ६७ अर्ब ५६ करोड ९७ लाख रुपैयाँले घटाएका छन्‌ ।

प्रतिनिधि सभा बैठकमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पौडेलले बजेटको सुरु आकार १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख खर्च अनुमानलाई १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारिदिएका हुन्‌ । संशोधित अनुमान सुरु विनियोजनको ९०.९९ प्रतिशत हो ।

चालुतर्फ १० खर्ब २९ अर्ब ३० करोड अर्थात् विनियोजनको ९०.२४ प्रतिशत, पुँजीगततर्फ दुई खर्ब ९९ अर्ब ५० करोड नौ लाख अर्थात् विनियोजनको ८५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ६३ अर्ब ९३ करोड २६ लाख रुपैयाँ अर्थात्‌ विनियोजनको ९९.०९ प्रतिशत खर्च हुने अनुमान पौडेलले सुनाए ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा राजस्वतर्फ १२ खर्ब ८६ अर्ब ९८ करोड ११ लाख, आन्तरिक ऋण तीन खर्ब ३० अर्ब र वैदेशिक अनुदानतर्फ ३६ अर्ब ६२ करोड ६८ लाख र वैदेशिक ऋणतर्फ एक खर्ब ८० अर्ब ८३ करोड ६७ लाख परिचालन हुने संशोधित अनुमान रहेको पौडेलको भनाइ छ ।

चालु आर्थिक वर्षको बाँकी अवधिमा सरकारले गरेको कानुनी तथा नीतिगत सुधारको सकारात्मक प्रभाव परी आर्थिक गतिविधि विस्तार भइ राजस्व सङ्कलनमा सुधार आउने, आयोजना एवम्‌ खर्च व्यवस्थापनमा दक्षतालाई समग्रतामा वार्षिक लक्ष्यको तुलनामा ९१ प्रतिशत प्रगति हासिल गर्ने अनुमान पौडेलले संसद्मा सुनाए ।

बजेट कार्यान्वयनको अर्धवार्षिक प्रगतिको अवस्था, कार्यान्वयन क्रममा देखा परेका समस्या, सुधारका प्रयासहरू, प्रदेश तथा स्थानीय तहमा वित्त हस्तान्तरणको स्थिति, आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सुधारका काम र संशोधित अनुमान लगायतका विषय समेटिएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानुनमा भएको व्यवस्था बमोजिम अर्थमन्त्रीले बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरिएको पौडेलले उल्लेख गरे ।

हालसम्मको स्रोत व्यवस्थापन र खर्च अवस्था हेर्दा कम्तिमा २५० अर्ब रुपैयाँले बजेट आकार संशोधन गर्नुपर्ने देखिए पनि अर्थमन्त्री पौडेल सरकारको वार्षिक वित्त नीतिको रकम आकार संशोधन गर्न हच्किएका हुन्‌ ।

बरु उनले आर्थिक वर्षको बाँकी अवधिमा बजेट कार्यान्वयनमा तीव्रता ल्याउन सदा झैँ सांसद्‌हरूको समन्वयकारी भूमिका हुने आशा व्यक्त गरेका छन्‌ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ७ : १२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह