आहारारा पोखरा गोल्डकप : चर्च ब्वाइज क्वार्टरफाइनलमा « Khabarhub

आहारारा पोखरा गोल्डकप : चर्च ब्वाइज क्वार्टरफाइनलमा


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

पोखरा – चर्च ब्वाइज युनाइटेडले पोखरामा जारी २४औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

बिहीबार भएको तेस्रो प्रिक्वार्टरफाइनल खेलमा न्युरोड टिम (एनआरटी)लाई सडेनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

निर्णायक टाइब्रेकरमा चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्रसिंह थापाले उत्कृष्ट प्रदर्शन गर्दै मिक्चेल मगरको प्रहार रोकेपछि एनआरटी पराजित भयो। टाइब्रेकरमा चर्च ब्वाइजका नवीन लामा, मिलन राई, बफर, फाकुन्ले, प्रशान्त लक्सम र टिकेन्द्रसिंह थापाले गोल गरेका थिए। एनआरटीका अञ्जन विष्ट, जय गुरुङ, सुमित श्रेष्ठ, विशाल सुनार, राजीव लोप्चनले गोल गरे।

खेलको पहिलो हाफमा रिचर्ड विल्सनले एनआरटीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा चर्च ब्वाइजका नवीन लामाले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए। त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो।

चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्रसिंह थापा खेलको म्यान अफ दी म्याच घोषित भए। अब चर्च ब्वाइजले माघ २८ गते त्रिभुवन आर्मी क्लबसँग क्वार्टरफाइनल खेल्नेछ।

शुक्रबार थन्डरबोल्ट नर्थ युनाइटेड भारत र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ८ : ५७ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको