१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन « Khabarhub

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका छन् ।

सिद्धार्थ ग्रुपको २७औँ वार्षिकोत्सव सप्ताहको सन्दर्भमा बुधबार मन्त्री कार्कीले नवर्निमित कटेजको शुभारम्भ गर्दै सिद्धार्थ हस्पिटालिटी लुम्बिनी प्रदेशकै गौरव भएको बताए ।

कटेजमा हाल रेस्टुरेन्ट र इभेन्ट सेवा प्रदान गर्न सुरु गरिएको छ । बगैँचासहित रेष्टुरेन्ट, भव्य मल्टिभेन्यु, स्वीमिङ पुल, वाटरपार्क र चिल्ड्रेन पार्कको समेत सुविधासहितको योगीकुटीको सिद्धार्थ कटेज बुटवलको सबैभन्दा सुविधा सम्पन्न हुने सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले दाबी गरे ।

योसँगै बुटवलमा सिद्धार्थ हस्पिटालिटीअन्तर्गत दुई वटा कटेज भएका छन् । “यसअघि बुटवलको चौराहमा सिद्धार्थ कटेज सञ्चालनमा आइसकेको छ, त्यसको सफलताले हामीलाई नयाँ आउटलेट सञ्चालनमा ल्याउन प्रोत्साहन मिलेको छ”, न्यौपानेले भने ।

करिब ३५ कठ्ठा क्षेत्रफल निर्माणाधीन सिद्धार्थ कटेजमा थिएटर सेटअपमा एकै पटकमा करिब दुई हजारलाई सेवा दिन मिल्ने क्षमताको मल्टिभेन्युको सुविधा उपलब्ध हुनेछ । बुटवलमा सबैखाले कार्यक्रम गर्नका लागि भव्य सभाहलसहितको सेवा उपलब्ध गराउने उद्देश्यसहित कटेज निर्माण गर्न लागिएको उनले बताए ।

कूल १२ करोड लगानी हुने कटेज पूर्ण क्षमतामा सञ्चालनमा आएपछि कम्तिमा १०० जनाभन्दा बढीले रोजगारी पाउने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

हाल सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगञ्जको धम्बोझी, काठमाडौँको तीनकुने, बानेश्वर र धोबिघाट एवम् बुटवलकै चौराहमा सिद्धार्थ कटेज सञ्चालनमा छन् भने धनगढीमा सिद्धार्थ कटेज निर्माणाधीन छ ।

सिद्धार्थ बिजनेस ग्रुपको सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटलका साथै सिद्धार्थ कटेज, एस् क्याफेलगायतका ब्राण्ड सञ्चालनमा छन् ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ९ : २६ बजे

सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी

रौतहट– सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको

डा. पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन

काठमाडौं–  गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको

जेन-जीको आन्दोलनका क्रममा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली– गत भदौ २४ गते सिन्धुलीमा जेन-जीको आन्दोलनका क्रममा सरकारी

हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डको आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी