बलिउडमा काम पाउन छाडे नितिनले ! भन्छन्- 'मेकरलाई काम माग्न मेसेज गर्छु' | Khabarhub Khabarhub

बलिउडमा काम पाउन छाडे नितिनले ! भन्छन्- ‘मेकरलाई काम माग्न मेसेज गर्छु’


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नील नितिन मुकेस बलिउडका चर्चित कलाकार हुन् । उनले ‘न्युयोर्क’, ‘जोनी गद्दार’, ‘७ खुन माफ’ र ‘प्रेम रनत धन पायो’ जस्ता हिट फिल्ममा अभिनय गरेका छन् ।

उनले अभिनय गरेको फिल्मको संख्या दुई दर्जनभन्दा माथि छ । यी मध्ये धेरैमा उनले सहायक भूमिका निर्वाह गरेका छन् । तथापि उनी बलिउडका चर्चित निर्देशकसँग पनि काम गरेका कलाकार हुन् ।

पछिल्लो समय नील नितिनले ‘हिसाब बराबर’ फिल्ममा अभिनय गरेका थिए । गत नोबेम्भरमा यो फिल्म प्रदर्शनमा आएको थियो ।

पछिल्ला केही वर्षयता हेर्ने हो भने उनी फिल्ममा कम देखिन थालेका छन् । पछिल्लो समय प्रस्ताव नआएर उनी फिल्ममा कम देखिन थालेका हुन् ।

नील नितिनले ‘हिन्दी रस’को पोडकास्टमा पछिल्लो समय आफूलाई फिल्मबाट प्रस्ताव नआएको खुलाएका हुन् ।

एक फिल्मको काम सकाएपछि अर्को कामका आफैँले खोज्नुपर्ने अवस्थामा आफू रहेको उनले बताए । काम खोज्ने दौरानमा विभिन्न मेकर र निर्देशकलाई मेसेज गर्ने गरेको उनले सेयर गरेका छन् ।

उनले भने, ‘म कामको लागि मान्छेहरूलाई मेसेज गर्छु । उहाँहरुले मेरो मेसेजको रिप्लाई तुरुन्त दिनुहुन्छ र भन्नुहुन्छ– हामीले ध्यानमा राखेका छौं, केही हुने वित्तिकै सम्झन्छौं ।’

पछिल्लो समय यसरी नै आफूले फिल्महरूमा काम पाइरहेको उनको भनाइ छ ।

फिल्ममा नयाँ कलाकारहरूको आगमन भइरहेकाले पनि आफूले काम नपाएको उनको बुझाइ छ ।

नील नितिन गोरो वर्ण छन् । उनको छाला गोरा विदेशीसँग मिल्दो छ । उनको छालालाई लिएर विदेशीसमेत भन्ने गरिन्छ ।

भारतमा यथार्थवादी फिल्म बन्ने प्रचलन बढ्दो र त्यस्ता फिल्मको पात्रसँग आफ्नो छाला नमिल्ने भएकाले समेत काम नपाएको हुनसक्ने उनको अनुमान छ ।

भन्छन्, ‘मेरो छालाको रङ अहिले बनिरहेका फिल्मसँग मेल खाँदैन । मेरो छाला हलिउडका कलाकारको मिल्छ भन्ने गरिन्छ । सोहीकारण म गाउँका कथाका भएका फिल्मको पात्रमा फिट हुन सक्दिनँ भन्ने पनि निर्देशकहरूलाई लाग्न सक्छ ।’

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ८ : ०१ बजे

क्रॉम्प्टनको ‘नयाँ वर्षको ठूलो हर्ष’ अभियानअन्तर्गत मासिक लक्की ड्र सम्पन्न 

काठमाडौं– सीजि इलेक्ट्रोनिक्सद्वारा सञ्चालित क्रॉम्प्टनको ‘नयाँ वर्षको ठूलो हर्ष’ क्याम्पेनअन्तर्गतको मासिक

भरतपुर महानगर र ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध

गलकोट– बागलुङको ताराखोला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि उरुग्वेका

भारतको असममा बाढीको प्रकोप : १२ जनाको मृत्यु, १२ सय बढी गाउँ डुबानमा

काठमाडौं – भारतको असम राज्यमा आएको बाढीमा परी २२ जिल्लाका

बाढी र पहिरोका कारण पूर्वाधारमा हुन सक्ने क्षति न्यूनीकरणमा तयारी गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले बाढी र पहिरोका कारण