नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने « Khabarhub

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।

कम्पनीले नेपाल माइक्रोको फागुन ११ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको आईपीओको बाँडफाँड आज हुने तयारी गरेको भए पनि बलेफी हाइड्रोपावरको लिलामी सेयरको बोलपत्र खोल्ने समय पनि बिहीबार बिहान ८ बजे परेपछि आईपीओ बाँडफाँडको कार्यक्रम स्थगित गरिएको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जानकारी गराएको छ ।

नेपाल माइक्रोको फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो ।

उक्त आईपीओमा अन्तिम दिनसम्ममा १९ लाख ९७७ जनाले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए । तसर्थ, यसमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । अब शुक्रबार आईपीओ बाँडफाँड भएपछि नतिजा सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १२ : १६ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट