४ लाख धनराशिको प्रदेशस्तरीय भलिबल प्रतियोगिता मिर्गेमा हुँदै  « Khabarhub

४ लाख धनराशिको प्रदेशस्तरीय भलिबल प्रतियोगिता मिर्गेमा हुँदै 


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाली कांग्रेसका नेता स्व.भीमबहादुर तामाङको १३औँ स्मृति दिवसको अवसर पारेर आउँदो चैत १३ गतेदेखि जिल्लामै सर्वाधिक धनराशिको बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिता दोलखाको वैतेश्वर-३ मिर्गे लहरेमाने चोकमा हुने भएको छ ।

प्रतियोगिता नेपाली कांग्रेस दोलखा प्रदेश कार्यसमिति ‘क’ले आयोजना गर्न लागेको हो ।

समितिले एक सूचना मार्फत आउँदो चैत १३ गते राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा वृहत् सांस्कृतिक कार्यक्रमका बिच उद्घाटन गरिने कांग्रेस दोलखा प्रदेश क्षेत्र नम्बर ‘क’का सभापति शुक्रराज तामाङले जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने तामाङले जानकारी दिए । प्रतियोगिता चैत १६ गते सम्पन्न हुनेछ ।

प्रतियोगितामा भलिबल तर्फ प्रथम,दोस्रो,तेस्रो र सान्त्वना पुरस्कार क्रमशः चार लाख, दुई लाख, एक लाख र पचास हजार राखिएको छ । खेलको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय नेतृत्वको टोलीले गर्ने खेल आयोजक समितिले जनाएको छ।
सुबास बस्नेत

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १२ : ५० बजे

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको