बालेन्द्रको पुर्ख्यौली घरमा प्रचण्ड, भने- हामी मिलेर देश बनाउँछौँ | Khabarhub Khabarhub

बालेन्द्रको पुर्ख्यौली घरमा प्रचण्ड, भने- हामी मिलेर देश बनाउँछौँ


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली घर पुगेका छन्।

बिहीबार बिहान प्रचण्डसहितका माओवादी नेताहरू महोत्तरीको एकडारा गाउँपालिकास्थित बालेन्द्रको पुर्ख्यौली घरमा पुगेका हुन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा बालेन्द्रको घरमा माओवादी केन्द्रले कार्यक्रमसमेत गरेको छ।

अहिले बालेन्द्रको उक्त पुर्ख्यौली घरमा एकडारा गाउँपालिकाको कार्यालय राखिएको छ । जुन घर पालिकाले भाडामा लिएर कार्यालय चलाएको हो ।

उक्त घरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर व्यवस्था जोगाउन र देश बनाउन आग्रह गरेका छन् ।

त्यसक्रममा उनले स्थानीयसँग अन्तक्रिया पनि गरे। प्रचण्डले बालेनको घरमा आइपुग्दा आफूलाई एक किसिमको रमाइलो पनि लागेको बताए ।

‘बालेन साहको पुर्ख्यौली घरमा आइपुगेका छौँ । उहाँका बुवा लगायत काकाहरूको घरमा, हामी आइपुगेका छौँ’, उनले भने, ‘यसले पनि एउटा रमाइलो महसुस भएको छ । बालेनजीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’

प्रचण्डले मिटरब्याजपीडितका समस्या समाधान गर्न अझै पनि जालझेल भइरहेको बताएका छन् ।

उनले महोत्तरीका मिटरब्याजपीडितका गुनासो सुन्दै उनीहरूका समस्याप्रति गम्भीर भएर ऐन, संरचना बनाएर काम अघि बढाउन खोजिए पनि अझै जालझेल भइरहेको बताए ।

उनले मिटरब्याजपीडितका समस्या समाधान गर्न माओवादीले बल गर्ने विश्वास दिए । देशका सबै जिल्लामा मिटरब्याजपीडितको समस्या देखिएकाले यसलाई दीर्घकालीन रुपमा नै समाधान गर्नुपर्ने पनि उनले बताए ।

त्यसक्रममा मिटरब्याज पीडितहरूले आफूहरूको समस्या राज्यले नसुनेको र पीडा थपिदै गएको गुनासो गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  १ : ०८ बजे

आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि

काठमाडौं- शिक्षक महासंघको दबाबपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न

प्रचण्डलाई प्रश्न– के हो पृथ्वीपथ ?

काठमाडौं – पेरिस डाँडामा प्रचण्डलाई पत्रकारले प्रश्न तेर्स्याए – ‘हामीले

जेडी भान्स भारतमा, अमेरिका र भारतबीच कृषि र प्रविधिमा अझै कुरा मिलेन

काठमाडौं- अमेरिकी उपराष्ट्रपति जेडी भान्स यतिखेर भारतमा छन् । भारतीय

पोखरा विमानस्थलमा के घुस्यो ? राजनीति कि भ्रष्टाचार ?

काठमाडौं– प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)