बलात्कार मुद्दामा पक्राउ परे एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष « Khabarhub

बलात्कार मुद्दामा पक्राउ परे एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका एकजना नेता बलात्कार मुद्दामा पक्राउ परेका छन् ।

समाजवादीका गण्डकी प्रदेश उपाध्यक्षसमेत रहेका स्याङ्जाका जिल्ला समिति अध्यक्ष विष्णु गिरीलाई जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको हो ।

कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको फागुन २ गते अनुमति दिएको थियो ।

त्यसपछि अदालतको पुर्जीअनुसार गिरीलाई घरबाटै पक्राउ गरेर हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १ : २९ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच