राष्ट्रियसभा सुरु : पाँचवटा अध्यादेश पेस हुँदै « Khabarhub

राष्ट्रियसभा सुरु : पाँचवटा अध्यादेश पेस हुँदै


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। राष्ट्रियसभाको आजको बैठकमा विभिन्न पाँच वटा अध्यादेश निर्णयार्थ पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई बैठकमा पेस गर्न लागिएको हो।

यी अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेका छन् । त्यस्तै, राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको छ। 

आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन पनि सभासमक्ष पेस हुनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १ : ३७ बजे

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि