फालेलुङ पर्यटन महोत्सव : घोडा दौडदेखि याक राइडिङसम्म  « Khabarhub

फालेलुङ पर्यटन महोत्सव : घोडा दौडदेखि याक राइडिङसम्म 


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ वडाको संगमस्थल थाप्ली डाँडामा दोस्रो फालेलुङ पर्यटन महोत्सव हुने भएको छ । सिर्लिङ्गी टारमा दोस्रो फालेलुङ पर्यटन महोत्सव चैत १८ देखि २३ गतेसम्म आयोजना गर्ने भएको हो । 

आयोजक तीन सीमाना जनसेवा समाज नेपालका अनुसार महोत्सवको मुख्य उद्देश्य आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नु हो । 

यो भारतसँग सिमाना जोडिएको यो क्षेत्र समुन्द्र सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको छ । साथै यो लेकाली हावा पानी र जरिबुटिले प्रख्यात छ । 

यस क्षेत्रबाट सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण र मकालुलगायतका हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न पनि सकिने आयोजकको दाबी छ । 

साथै, विश्वकै दुर्लभ वन्यजन्तु हाब्रे रेड पान्डासहित विभिन्न वन्यजन्तु तथा बहुमूल्य जडीबुटी पाइने यो क्षेत्र जैविक विविधताको हिसाबले पनि महत्त्वपूर्ण स्थल मानिन्छ । 

प्रशस्त रूपमा होमस्टेहरूको व्यवस्था गरिएकाे यस क्षेत्रमा चौँरी गाईबाट उत्पादन भएका विभिन्न परिकार पनि पाइन्छ । 

चौँरी गाइकोसमेत अवलोकन गर्न पाइने कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि निकै रोचक हुने आयोजक दाबी छ । 

आयोजकका अनुसार महोत्सवअन्तर्गत विभिन्न प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिने  छ ।

यसपटक ८ किलोमिटर लामो साहसी म्याराथन प्रतियोगिता समावेश गरिएको छ, जसमा दौडथुन थाप्ली हुँदै तीन सिमाना परिक्रमा गरी पुनः थाप्ली मै समापन हुनेछ। 

यस्तै, फुटबल प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, घोडा दौड रेस, याक राइडिङ तथा चर्चित गायिका बबिना किराती  समापनका दिन २३ गते विशेष सांगीतिक प्रस्तुति महोत्सवको आकर्षण हुने आयोजक अध्यक्ष योगेन्द्र सावदेनले जानकारी दिए । 

महोत्सवमा स्थानीय तथा परम्परागत परिकारको प्रवर्द्धनका लागि स्टलहरू रहनेछन् । विशेषरूपमा रैथाने खानेकुरा जस्तै याङ्बेन, गुराँसको रक्सी, चौरीको घ्यू, छुर्पी, भेडाको उनबाट बनेका असकोट, भेडाको घ्यू, मालिङ्गोको चोयाबाट निर्मित डालो–डोको, साथै विभिन्न चित्रहरूको प्रदर्शनीसमेत गरिनेछ ।

यो क्षेत्र स्थानीय पर्यटन प्रवर्द्धन गर्दै व्यवस्थित बनाउन गाउँपालिका निरन्तर सक्रिय रहेको अध्यक्ष वीर विक्रम थाम्सुहाङले बताए । 

पर्यटनलाई रोजगारीको स्रोतका रूपमा विकास गर्दै स्थानीय स्तरमै आयआर्जन वृद्धि गराउने लक्ष्य रहेको उनको भनाइ छ ।

महोत्सवको समापन समारोहमा कोशीका भौतिक पूर्वाधार तथा यातायात मन्त्री भूपेन्द्र राईको उपस्थिति रहने गणेश थाम्सुहाङले जानकारी दिए । 

महोत्सवमा छिमेकी मुलुक भारतबाटसमेत गरी पाँच हजारभन्दा बढी दर्शक तथा पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार फालेलुङ गाउँपालिकाले महोत्सवका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने महोत्सव सञ्चालन खर्च ८ लाखभन्दा माथि हुने अनुमान गरिएको छ । गत वर्ष मंसिर २७ गतेदेखि तीन दिनसम्म आयोजना भएको महोत्सव यस वर्ष भने चैत महिनामा मात्रै आयोजना गर्न लागिएको हो ।

फालेलुङ गाउँपालिकामा हरेक वर्ष तीन वटा प्रमुख महोत्सव आयोजना हुने गर्छ। सन् २०७४ देखि निरन्तर रूपमा वैशाख १ गतेदेखि चौँरी पर्यटन महोत्सव सञ्चालन हुँदै आएको छ भने वाङ्मय प्रतिष्ठानले सांस्कृतिक महोत्सवसमेत आयोजना गर्दै आएको छ । यी सबै महोत्सवले स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्न योगदान पुर्‍याइरहेको गाउँपालिका अध्यक्ष थाम्सुहाङले बताए । – सुबाश राई 
 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  २ : १३ बजे

आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २४ गते शनिबार फागुन

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप