इटहरीमा ट्राफिक व्यवस्थापनसम्बन्धी अभियान « Khabarhub

इटहरीमा ट्राफिक व्यवस्थापनसम्बन्धी अभियान


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इटहरी – इटहरीमा ट्राफिक प्रहरीले ट्राफिक नियम व्यवस्थापनसम्बन्धी अभियान सञ्चालन गरेको छ ।

चर्को आवाज निकालेर तथा स्वरूप परिवर्तन गरेर सवारी चलाउने, ट्राफिक नियम पालना नगर्नेलाई सचेतनासँगै आवश्यकताका आधारमा कारबाही गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत एक सातामा चर्को आवाज निकाल्ने तथा ट्राफिक नियम पालना नगर्ने एक सय ५९ मोटरसाइकल चालकलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

जिल्लास्थित ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीलले भने, ‘त्यस्ता मोटरसाइकलले दुर्घटना निम्तिनुका साथै सर्वसाधारणमा अनावश्यक आवाजले आतङ्कित मच्चाएको, वातावरणमा ध्वनि प्रदूषण बढाएको जनगुनासो आएपछि अभियान सञ्चालन गरी सचेतना अभिवृद्धिसँगै कतिपयलाई कारबाही गरिएको हो ।’

जथाभाबी रूपमा साइलेन्सरलाई परिवर्तन गरेर चलाउने, फिल्टर निकालेर वा कम्पनीबाट नै ठुलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई इटहरी बजार क्षेत्रभित्र सञ्चालनमा कडाइ गरिएको प्रनाउ त्वातीलले जानकारी दिए। 

उनका अनुसार कारबाही परेकामध्ये एक सय ५२ मोटरसाइकलका चालकलाई साइलेन्सरपाइप फेर्न लगाइएको र बाँकी मोटरसाइकल चालकलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय इटहरी पठाइएको छ । 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  २ : ५५ बजे

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल