प्रधानमन्त्री रोजगार कार्यक्रम : स्थानीय तहबाट निवेदन माग « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम : स्थानीय तहबाट निवेदन माग


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्लाका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन निवेदन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि स्थानीय तहले सूचिकृत हुने बेरोजगारलाई निवेदन माग गरेका हुन् । 

जिल्लास्थित व्यास नगरपालिका, देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिकाले प्रधानमन्त्री रोजगारमा आबद्ध भई न्यूनतम रोजगारी प्राप्तिका लागि निवेदन माग गरेका हुन् । 

एक सय दिनका लागि प्रदान गरिने रोजगारका लागि काम गर्न इच्छुक व्यक्तिले फागुन मसान्तसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्ने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

उनका अनुसार निवेदन दिन इच्छुक व्यक्तिले नागरिकताको एकप्रति फोटोकपी, एकप्रति फोटो, नागरिकता अन्य स्थानीय तह वा जिल्लाबाट जारी भएका विवाह दर्ता वा बसाइँसराइ, परिवारको वार्षिक आय खुल्ने विवरण पेस गर्नुपर्नेछ । 

ऋषिङ गाउँपालिकाले रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने एक सय दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणमा योगदान गर्न इच्छुक व्यक्तिलाई निवेदन दिन आग्रह गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत अनिल अङ्गाईंले भने, ‘आर्थिक वर्ष २०८२-८३ मा प्रदान गरिने न्यूनतम रोजगारीका लागि इच्छुक व्यक्तिले फागुन मसान्तसम्म सम्बन्धित वडामा निवेदन दिन सक्नुहुनेछ ।’

देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारीमा संलग्न नभएका, सङ्घीय सरकारले तोकेको न्यूनतम वार्षिक आयभन्दा कम आम्दानी भएका, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा संलग्न भई काम गर्न इच्छुक परिवारका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिइने बताए। 

मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचिकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउनेछन् । जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नाला मर्मत, पैदल मार्ग निर्माण, पोखरी निर्माण, चौतारी निर्माणलगायत काम हुँदै आएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ३ : ०६ बजे

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल