फिल्म ‘११ : ५५’को ट्रेलर सार्वजनिक, निर्देशक भन्छन्- फिल्ममा हरेक १५ मिनेटमा सस्पेन्स छ « Khabarhub

फिल्म ‘११ : ५५’को ट्रेलर सार्वजनिक, निर्देशक भन्छन्- फिल्ममा हरेक १५ मिनेटमा सस्पेन्स छ


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केशव पाण्डेको डेब्यू निर्देशन रहेकाे फिल्म ‘११ : ५५ डुन नट ट्रस्ट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार कमलपोखरीस्थित फिल्म हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख कलाकार नायक महेश त्रिपाठी, नायिका सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, डेब्यू नायक सागर खनाललाई स्थान दिइएको छ । फिल्ममा कलाकार बुद्धि तामाङ, विशाल पहारी र एमएस अग्रजलगायतको अभिनय रहेको छ ।

ट्रेलरले फिल्ममा लभ, रोमान्स, धोका, एक्सन र रहस्यका खुराकहरुको संकेत गरेकाे छ । ट्रेलरमा सृष्टिलाई प्रेमिल र रौद्र चरित्रमा देख्न सकिन्छ । महेश भने युवा व्यवसायीको भूमिकामा देखिन्छन् ।

निर्माण पक्षका अनुसार क्राइम थ्रिलर जनरामा बनेको यस फिल्ममा शहरको धोका, जालझेल र आफ्नो स्वास्थ पूर्तिका लागि जस्तो सुकै कदम चाल्न सक्ने प्रवृतिका भएका पात्रहरुको कथा छ ।

फिल्ममा हरेक १५ मिनेटमा आउने सस्पेन्स दृश्यले दर्शकको मन जित्ने निर्देशक पाण्डेकाे विश्वास छ । उनले भने, ‘हेरक १५ मिनेटमा सस्पेन्स आउँछ । जसले गर्दा फिल्म नसकिने बेलासम्म दर्शकमा कौतुहलतमा प्रदान गर्छ ।’

दर्शकलाई फरक स्वादको कथा पस्किने उद्देश्यले यो जनरामा फिल्म निर्माण गरेको पाण्डेको भनाइ छ । फिल्मको लेखकहरु निर्देशक पाण्डे, एमएस अग्रज र शेखर ज्ञवाली मिलेर लेखेका हुन् ।

विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता श्याम शर्मा र सरोजा शर्माको हुन् ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ८ : ४५ बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध