कृष्णपुरमा ‘नागरिकसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन « Khabarhub

कृष्णपुरमा ‘नागरिकसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कृष्णपुर नगरपालिकामा सञ्चालित ‘नागरिकसँग नगरप्रमुख’ कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले नगरबासीको घरमा पुगेर सेवा दिन थालेका छन् । नगरवासीको स्वास्थ्य परीक्षण गर्न चार वटा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

स्वास्थ्य सेवा नगर वासीको पहुँचमा पुर्‍याउनका लागि कार्यक्रमलाई निरन्तर दुई वर्षदेखि सञ्चालन गरिँदै आइएको नगरप्रमुख हेमराज ओझाले बताए।

‘स्वास्थ्य सेवाबाट कोही पनि नगरबासी वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यका साथ यो कार्यक्रमलाई अघि बढाएका छौँ’ उनले भने, ‘अति विपन्न परिवार, दलित, मुक्त कमैँया, मुक्त हलिया, आरक्ष विस्थापित, सुकुम्बासीलगायतको घर दैलोमा पुगेर स्वास्थ्यकर्मीसहितको टोलीले सेवा उपलब्ध गराउन थालेका छन् ।’

स्वास्थ्यकर्मीको टोलीले मधुमेह, उच्च रक्तचाप, मिर्गौलालगायत नसर्ने रोगको परीक्षण गरिरहेका उनले जानकारी दिए। उनका अनुसार अन्य रोगका बारेमा पनि स्वास्थ्यकर्मीले स्थानीयलाई परामर्शसँगै निःशुल्क औषधि उपलब्ध गराइरहेका छन् । कार्यक्रम सञ्चालनका लागि चार वटा स्वास्थ्यकर्मीको टोली बनाएर वडा वडामा परिचालन गरिएको छ ।

कार्यक्रमअन्तर्गत ३० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षणमार्फत रिपोर्ट तयार गरी त्यसका आधारमा उपचारका लागि सिफारिस गरिने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रतनबहादुर विष्टले बताए। उनका अनुसार दुई महिनासम्म सञ्चालन हुने अभियानअन्तर्गत ७० हजार नागरिकलाई सेवा दिने लक्ष्य राखिएको छ । 

गत वर्ष सोही कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरी २५ हजार बढीलाई सेवा दिइएको थियो । कार्यक्रम सञ्चालनका लागि १५ लाख बजेट परिचालन गरिएको छ । परिचालन गरिएको बजेटबाट स्वतथ्यकर्मीको तलब, उपकरण, औषधिलगायत खर्च गरिने नगर कार्यालयले जनाएको छ । यो कार्यक्रमसँगै नगरपालिकाले कृष्णपुर स्वास्थ्य चौकीको स्तरोन्नति गरी २४ सैँ घण्टा चिकित्सकीय सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालमा पुग्ने बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकको व्यवस्था मिलाइएको नगरको स्वास्थ्य शाखाका प्रमुख विष्टले उल्लेख गरे। सुत्केरीलाई बर्थिङ सेन्टरसम्म पुर्‍याउन र दुर्घटना हुँदा उपचार आवश्यक भएकालाई एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने व्यवस्था गरिएको उनले बताए। 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ४ : ५२ बजे

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था