एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा, मूल्य कति ?  « Khabarhub

एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा, मूल्य कति ? 


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सान फ्रान्सिस्को- एप्पलले बुधबार एमफोर चिप, १८ घण्टासम्मको ब्याट्री टिक्ने क्षमता र नयाँ १२ मेगापिक्सेलको सेन्टर स्टेज क्यामेरासहितको नयाँ म्याकबुक बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार यसमा बिल्ट–इन डिस्प्ले, १६ जिबीको स्टार्टिङ युनिफाइड मेमोरी र एप्पल इन्टेलिजेन्ससँग म्याकओएस सिकोइयाको क्षमताका अतिरिक्त दुई वटा बाहिरी डिस्प्ले पनि रहेको छ ।

यसको मूल्य शैक्षिक प्रयोगका लागि ८९९ डलरबाट सुरु भई ९९९ अमेरिकी डलरसम्म रहेको नयाँ १३ र १५ इन्चको म्याकबुक एयर बुधबार प्रि–अर्डरका लागि उपलब्ध हुने एप्पलले जनाएको छ ।

कम्पनीले भनेको छ, ‘पातलो र हल्का फ्यानलेस डिजाइन, दिनभर टिक्ने ब्याट्री क्षमता र एप्पल इन्टेलिजेन्सको साथ म्याकओएस सिकोइयाको अविश्वसनीय क्षमताको साथ आएको म्याकबुक एयर कुनै पनि अन्य ल्यापटप भन्दा फरक छ ।’

‘शुरुआती मूल्य ९९९ डलर भएको म्याकबुक एयरले उपभोक्ताहरूलाई पहिलेभन्दा बढी सेवा र लाभ प्रदान गर्दछ,’ एप्पलका ग्लोबल मार्केटिङका वरिष्ठ उपाध्यक्ष ग्रेग जोसवियाकले भने । 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ४ : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको