म्याक्रोँको सम्बोधन ‘वास्तविकताभन्दा टाढा’ रहेको रुसको भनाइ « Khabarhub

म्याक्रोँको सम्बोधन ‘वास्तविकताभन्दा टाढा’ रहेको रुसको भनाइ


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको आणविक छातालाई युरोपेली साझेदारसम्म विस्तार गर्ने विषयमा गरेको सम्बोधनको रुसले बिहीबार आलोचना गरेको छ ।

बुधबार फ्रान्सेली राष्ट्रलाई सम्बोधन गर्दै म्याक्रोँले रुसलाई ‘फ्रान्स र युरोपका लागि खतरा’ को संज्ञा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा युक्रेन द्वन्द्वमा अमेरिकाले आफ्नो अडान परिवर्तन गरेकोमा फ्रान्सेलीहरू ‘वैधानिक रूपमा चिन्तित’ रहेको बताएका थिए ।

‘हरेक दिन उनले केही न केही वास्तविकताभन्दा टाढा विरोधाभासपूर्ण बयानहरू बनाउनुहुन्छ,’ रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले म्याक्रोँका बारेमा भनेका छन् । 

जाखारोभाले उनलाई हान्स क्रिश्चियन एन्डरसन लोक कथाको सुतेका बच्चाहरूमाथि छाता ओढाउने भूमिकामा रहेका एक पौराणिक पात्र ओले लुकोजेसँग तुलना गरे। 

उनले भने, ‘मैले यी सबै कुरा सुनेँ, उहाँलाई हेरेँ र उहाँले मलाई पौराणिक पात्र ओले लुकाजेको सम्झना गराउँनुभयो ।’

जर्मनीका चान्सलर फ्रेडरिक मर्ज सँग फोनमा भएको कुराकानीपछि म्याक्रोँले फ्रान्सको आणविक निरोधलाई अन्य युरोपेली राष्ट्रमा विस्तार गर्ने विषयमा बहस सुरु गर्ने बताएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ४ : ५६ बजे

समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध (तस्बिरहरू)

काठमाडौं– महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी

भोजपुरका किसान सुन्तला खेतीमा व्यस्त (तस्बिरहरू)

काठमाडौं– आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरू यतिबेला सुन्तला

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन