जुनियरलाई सचिव बनाएपछि संगीताको आक्रोश : मागिन् मन्त्रीको राजीनामा  « Khabarhub

जुनियरलाई सचिव बनाएपछि संगीताको आक्रोश : मागिन् मन्त्रीको राजीनामा 


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूभन्दा जुनियरलाई सचिव बनाएको भन्दै स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेकी छन् । 

मिश्रले आफूभन्दा जुनियरलाई सचिव बनाएको भन्दै पौडेलको राजीनामा मागेकी हुन् । 

उनले आफूलाई कि अन्यत्र सचिवमा सरुवा गरेर लानुपर्ने नत्र जुनियरलाई हाकिम मानेर काम गर्न नसकिने प्रतिक्रिया दिइन । 

यति मात्र होइन मिश्रले यस अगाडि पनि पटक-पटक आफूलाई प्रदीप पौडेलले अन्याय गरेको दाबी गरिन्।

‘स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पहिला पनि म माथि अन्याय गर्नुभएको थियो । मधेसी विरोधी नै हुनुहुन्छ ।’ उनले खबरहबलाई भनिन्, मैले अरू पार्टीका मन्त्रीसँग पनि बसेर काम गरे तर उहाँले मलाई शुरुबाट नै राम्रो व्यवहार गर्नुभएन । अब उहाँसँग केही नैतीकता छ भने राजीनामा दिनुपर्छ ।’ 

यो पनि पढ्नुहोस् :

सचिव नियुक्तिमा विवाद : अमरेशले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

उनले आफ्नो केरीयर सक्नका लागि पौडेलले जाल रचेको आरोप लगाइन् । 

सिफारिस समितिले अतिरिक्त सचिव डा .संगिता कौशल मिश्र, दोस्रो नम्बरमा डा. टंक बाराकोटी र तेस्रो नम्बरमा देवकोटालाई सचिव बढुवाका लागि सिफारिस गरिएको थियो । 

तर मन्त्रिपरिषद् बैठकले देवकोटालाई अगाडि सारेको हो। देवकोटा स्वास्थ्य मन्त्री प्रदीप पौडेल निकट मानिन्छन् ।

यो पनि पढ्नुहोस् :

स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ५ : २१ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा