जुनियरलाई सचिव बनाएपछि संगीताको आक्रोश : मागिन् मन्त्रीको राजीनामा  « Khabarhub

जुनियरलाई सचिव बनाएपछि संगीताको आक्रोश : मागिन् मन्त्रीको राजीनामा 


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूभन्दा जुनियरलाई सचिव बनाएको भन्दै स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेकी छन् । 

मिश्रले आफूभन्दा जुनियरलाई सचिव बनाएको भन्दै पौडेलको राजीनामा मागेकी हुन् । 

उनले आफूलाई कि अन्यत्र सचिवमा सरुवा गरेर लानुपर्ने नत्र जुनियरलाई हाकिम मानेर काम गर्न नसकिने प्रतिक्रिया दिइन । 

यति मात्र होइन मिश्रले यस अगाडि पनि पटक-पटक आफूलाई प्रदीप पौडेलले अन्याय गरेको दाबी गरिन्।

‘स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पहिला पनि म माथि अन्याय गर्नुभएको थियो । मधेसी विरोधी नै हुनुहुन्छ ।’ उनले खबरहबलाई भनिन्, मैले अरू पार्टीका मन्त्रीसँग पनि बसेर काम गरे तर उहाँले मलाई शुरुबाट नै राम्रो व्यवहार गर्नुभएन । अब उहाँसँग केही नैतीकता छ भने राजीनामा दिनुपर्छ ।’ 

यो पनि पढ्नुहोस् :

सचिव नियुक्तिमा विवाद : अमरेशले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

उनले आफ्नो केरीयर सक्नका लागि पौडेलले जाल रचेको आरोप लगाइन् । 

सिफारिस समितिले अतिरिक्त सचिव डा .संगिता कौशल मिश्र, दोस्रो नम्बरमा डा. टंक बाराकोटी र तेस्रो नम्बरमा देवकोटालाई सचिव बढुवाका लागि सिफारिस गरिएको थियो । 

तर मन्त्रिपरिषद् बैठकले देवकोटालाई अगाडि सारेको हो। देवकोटा स्वास्थ्य मन्त्री प्रदीप पौडेल निकट मानिन्छन् ।

यो पनि पढ्नुहोस् :

स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ५ : २१ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या