सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग « Khabarhub

सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न नौ वटा सङ्घसंस्थाले बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन् । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ), लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति, सत्य र न्यायको खोजी अभियानलगायत सङ्घसंस्थाले आज यहाँ संयुक्त रूपमा पत्रकार सम्मेलन गरी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी रकम अपचलन गर्ने सञ्चालनकलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरेका हुन् । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)का अध्यक्ष कुशलभ केसीले वर्षौँसम्म वित्तीय शोषण गर्ने सहकारी संस्थालाई कारबाही गर्दै पीडित सर्वसाधारणलाई न्याय दिने विषयमा सरकारले ढिला गर्न नहुने धारणा राखे । 

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले पीडित न्यायका लागि निरन्तर सङ्घर्षमा रहँदा पनि सरकारले न्याय दिन ढिलाइ गरिरहेको आरोप लगाए। 

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले पीडितको न्यायका लागि सरकारले आवश्यक रकमको कोष खडा गरेर उनीहरूलाई भुक्तानी गर्ने र अपचलन गर्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर असुल गर्न सकिने सुझाव दिए। 

वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका संयोजक मिटरब्याजी समस्या समाधानका लागि सरकारसँग माग गरे।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ५ : १७ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने