पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो (तस्बिरहरू) « Khabarhub

पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो (तस्बिरहरू)


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका पश्चिमी क्षेत्रका जिल्ला र संघीय राजधानी काठमाडौंलाई जोड्ने पृथ्वी राजमार्गको मुग्लिङ-मलेखु सडकखण्ड विस्तार सुस्त देखिएको छ ।

लामो समयदेखि नागढुङ्गा क्षेत्रमा केही काम भइरहेको देखिन्छ । केही भाग बनेको अवस्थामा छ । तर अधिकांश भागमा अझै पनि गतिलो काम हुन सकेको छैन ।

मुग्लिङ–मलेखु सडकखण्डको छ लेन क्षेत्रमा कालोपत्रे चलिरहेको छ । सडक विस्तारक्रममा मलेखु, बेनीघाट, मुग्लिङ क्षेत्रमा कालोपत्रे हुँदैछ । फराकिलो बनाएर तयारी अवस्थामा रहेको कुरिनटारमा धमाधम कालोपत्रे भइरहेको नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले बताए ।

कुरिनटारमा कालोपत्रे गरेर अन्तिम रूप दिने तयारी भएको छ । तीनवटा खण्डमा सडक विस्तार भइरहेको छ । मुख्य बजार क्षेत्रमा छ लेन, बस्ती तथा बजार भएको केही स्थानमा चार लेन र कठिन भूगोल भएको स्थानमा डेडिकेटेड दुई लेनको सडक निर्माण गरिँदैछ । तर काम सुस्त हुँदा सर्वसाधारणलाई सास्ती छ।

गोमती, खटौती, मौवाखोला, र वारवाङ खोलामा पिल्लर निर्माण सकेर माथि स्ल्याब राख्ने तयारी छ । चरौँदी र हुग्दी खोलाको पुल निर्माणलाई निरन्तरता दिइएको छ।

मुग्लिङ–नारायणगढ सडकखण्डमा पहाड काट्दा पहिरोको समस्या भोगेकाले यस क्षेत्रमा भने पहाडलाई भन्दा त्रिशूलीतर्फको भागमा पर्खाल लगाएर सडक फराकिलो बनाउन प्राथमिकता दिने आयोजनाले जानकारी दिएको छ । नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) मा चार अर्ब ८० करोड लागतमा निर्माण भइरहेको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ६ : २१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका