पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो (तस्बिरहरू) « Khabarhub

पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो (तस्बिरहरू)


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका पश्चिमी क्षेत्रका जिल्ला र संघीय राजधानी काठमाडौंलाई जोड्ने पृथ्वी राजमार्गको मुग्लिङ-मलेखु सडकखण्ड विस्तार सुस्त देखिएको छ ।

लामो समयदेखि नागढुङ्गा क्षेत्रमा केही काम भइरहेको देखिन्छ । केही भाग बनेको अवस्थामा छ । तर अधिकांश भागमा अझै पनि गतिलो काम हुन सकेको छैन ।

मुग्लिङ–मलेखु सडकखण्डको छ लेन क्षेत्रमा कालोपत्रे चलिरहेको छ । सडक विस्तारक्रममा मलेखु, बेनीघाट, मुग्लिङ क्षेत्रमा कालोपत्रे हुँदैछ । फराकिलो बनाएर तयारी अवस्थामा रहेको कुरिनटारमा धमाधम कालोपत्रे भइरहेको नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले बताए ।

कुरिनटारमा कालोपत्रे गरेर अन्तिम रूप दिने तयारी भएको छ । तीनवटा खण्डमा सडक विस्तार भइरहेको छ । मुख्य बजार क्षेत्रमा छ लेन, बस्ती तथा बजार भएको केही स्थानमा चार लेन र कठिन भूगोल भएको स्थानमा डेडिकेटेड दुई लेनको सडक निर्माण गरिँदैछ । तर काम सुस्त हुँदा सर्वसाधारणलाई सास्ती छ।

गोमती, खटौती, मौवाखोला, र वारवाङ खोलामा पिल्लर निर्माण सकेर माथि स्ल्याब राख्ने तयारी छ । चरौँदी र हुग्दी खोलाको पुल निर्माणलाई निरन्तरता दिइएको छ।

मुग्लिङ–नारायणगढ सडकखण्डमा पहाड काट्दा पहिरोको समस्या भोगेकाले यस क्षेत्रमा भने पहाडलाई भन्दा त्रिशूलीतर्फको भागमा पर्खाल लगाएर सडक फराकिलो बनाउन प्राथमिकता दिने आयोजनाले जानकारी दिएको छ । नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) मा चार अर्ब ८० करोड लागतमा निर्माण भइरहेको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ६ : २१ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका