बलेफीका दुई विद्यालयका विद्यार्थी संसदमा « Khabarhub

बलेफीका दुई विद्यालयका विद्यार्थी संसदमा


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा रहेका दुई विद्यालयका विद्यार्थीहरूले संघीय संसद् बैठकको प्रत्यक्ष अनुभव लिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बाल्कोनीमा बसेर बलेफी गाउँपालिकामा रहेका बाल शिक्षा माध्यमिक विद्यालय र सेतीदेवी माविका विद्यार्थीले प्रत्यक्ष रूपमा संसद् बैठकको अवलोकन गरेका हुन् ।

संसदमा विद्यार्थी, विद्यालयमा सांसद अभियान चलाएका सो क्षेत्रका सांसद माधव सापकोटाले दुई विद्यालयका विद्यार्थीहरूलाई संसद् बैठकको अवलोकन गर्ने व्यवस्था मिलाएका हुन् ।

विद्यार्थीहरूले सांसद र संसद्को विषयमा बुझेका कुराहरूलाई व्यवहारिक रूपमा नै हेर्ने र कानून निर्माणको प्रक्रिया बुझ्न सहज होस भनेर संसदमा विद्यार्थी, विद्यालयमा सांसद अभियान चलाएको सांसद सापकोटाले बताए । 

उनले आफ्नो अनुभव पनि विद्यालयमा गएर साट्ने गरेको उल्लेख गरे ।  

संघीय संसद् बैठकको प्रत्यक्ष अनुभव लिएपछि सेतीदेवी माविका विद्यार्थी सुष्मा तामाङले संसद्का विषयमा पुस्तकमा पढेका विषयलाई प्रत्यक्ष रूपमा हेर्न पाउँदा निकै खुसी लागेको बताइन् ।

त्यस्तै बाल शिक्षा माध्यमिक विद्यालयका विद्यार्थी स्मृति नेपालले सांसदले कानून निर्माणका साथै धारणा राख्ने कामको प्रत्यक्ष अवलोकन गर्ने मौका मिलेको बताए ।

कक्षा ९ र १० को पाठ्यपुस्तकमा समावेश गरिएको व्यवस्थापिकाबारे प्रत्यक्ष बुझ्न र हेर्न विभिन्न विद्यालयहरूले विद्यार्थीहरूलाई संसद् भवन लाने गरेका छन् । 

यसरी विद्यार्थीलाई प्रत्यक्ष देखाउँदा उनीहरूलाई बुझ्न सहज हुने शिक्षकहरूको भनाइ छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ७ : ४४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका