बलेफीका दुई विद्यालयका विद्यार्थी संसदमा « Khabarhub

बलेफीका दुई विद्यालयका विद्यार्थी संसदमा


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा रहेका दुई विद्यालयका विद्यार्थीहरूले संघीय संसद् बैठकको प्रत्यक्ष अनुभव लिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बाल्कोनीमा बसेर बलेफी गाउँपालिकामा रहेका बाल शिक्षा माध्यमिक विद्यालय र सेतीदेवी माविका विद्यार्थीले प्रत्यक्ष रूपमा संसद् बैठकको अवलोकन गरेका हुन् ।

संसदमा विद्यार्थी, विद्यालयमा सांसद अभियान चलाएका सो क्षेत्रका सांसद माधव सापकोटाले दुई विद्यालयका विद्यार्थीहरूलाई संसद् बैठकको अवलोकन गर्ने व्यवस्था मिलाएका हुन् ।

विद्यार्थीहरूले सांसद र संसद्को विषयमा बुझेका कुराहरूलाई व्यवहारिक रूपमा नै हेर्ने र कानून निर्माणको प्रक्रिया बुझ्न सहज होस भनेर संसदमा विद्यार्थी, विद्यालयमा सांसद अभियान चलाएको सांसद सापकोटाले बताए । 

उनले आफ्नो अनुभव पनि विद्यालयमा गएर साट्ने गरेको उल्लेख गरे ।  

संघीय संसद् बैठकको प्रत्यक्ष अनुभव लिएपछि सेतीदेवी माविका विद्यार्थी सुष्मा तामाङले संसद्का विषयमा पुस्तकमा पढेका विषयलाई प्रत्यक्ष रूपमा हेर्न पाउँदा निकै खुसी लागेको बताइन् ।

त्यस्तै बाल शिक्षा माध्यमिक विद्यालयका विद्यार्थी स्मृति नेपालले सांसदले कानून निर्माणका साथै धारणा राख्ने कामको प्रत्यक्ष अवलोकन गर्ने मौका मिलेको बताए ।

कक्षा ९ र १० को पाठ्यपुस्तकमा समावेश गरिएको व्यवस्थापिकाबारे प्रत्यक्ष बुझ्न र हेर्न विभिन्न विद्यालयहरूले विद्यार्थीहरूलाई संसद् भवन लाने गरेका छन् । 

यसरी विद्यार्थीलाई प्रत्यक्ष देखाउँदा उनीहरूलाई बुझ्न सहज हुने शिक्षकहरूको भनाइ छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ७ : ४४ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६