पशुपति विकास कोष र काठमाडौं महानगरबीचको सम्झौता खारेज « Khabarhub

पशुपति विकास कोष र काठमाडौं महानगरबीचको सम्झौता खारेज


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच धर्मशाला सञ्चालन गर्ने बारेको सम्झौता खारेज भएको छ ।

उच्च अदालत पाटनले सो सम्झौता खारेज गरेपछि गौशाला धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिले नै पाएको छ। 

उच्च अदालत पाटनका न्यायाधीश द्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले धर्मशालाको सञ्चालन मारवाडी सेवा समितिले नै गर्न पाउने फैसला गरेको हो । 

कोषले मारवाडी सेवा समितिसँगको सम्झौता रद्द गरेको थियो । सो विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत चलेको थियो । काठमाडौं जिल्ला अदालतले कोषको पक्षमा फैसला गरेसँगै महानगरसँग अर्को सम्झौता गरिएको थियो । 

माथिल्लो अदालतमा पुनरावेदन जाने समय बाँकी छदै कोष र महानगरबीच सम्झौता भएको भन्दै मारवाडी सेवा समितिले आपत्ति जनाउँदै आएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ७ : १७ बजे

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट १५