समाज र विज्ञान पछाडि फर्किँदैन : गृहमन्त्री  « Khabarhub

समाज र विज्ञान पछाडि फर्किँदैन : गृहमन्त्री 


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– गृहमन्त्री रमेश लेखकले समाज र विज्ञान पछाडि नफर्किने बताएका छन् । बिहीबार डडेलधुराको परशुराम नगरपालिकामा आयोजित परशुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताए ।

‘देशमा गणतन्त्र आइसकेको छ,केही साथीहरूले राजतन्त्र पुरस्थापना कुरा गरिरहनुभएको छ,’ गृहमन्त्री लेखकले भने, ‘लोकतान्त्रीकरण व्यवस्थामा  अलोकतान्त्रिक राजतन्त्रमा पछाडि फर्किने सम्भावना छैन । निकै त्याग र तपस्या बाट यो ठाउँमा पुगिएको हो ,अब यो ठाउँबाट पछाडि होइन अगाडी बढ्ने हो ।’

त्यसैगरी उनले समाजमा क्रान्तिकारी परिवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको बताउँदै संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गरे । 

जनताको स्वतन्त्रताको कुनै विकल्प नरहेको बताउँदै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको धारणा राखे  ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ७ : १९ बजे

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

त्रिशूली– धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

गलकोट– बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ ।

चार महिने छोराको हत्या आरोपमा नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं– आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच