जनकपुरमै पाङ्ग्रा छुटेको बुद्ध एयरको जहाज काठमाडौं सुरक्षित अवतरण « Khabarhub

जनकपुरमै पाङ्ग्रा छुटेको बुद्ध एयरको जहाज काठमाडौं सुरक्षित अवतरण


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनकपुरबाट काडमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अगाडिको एउटा पाङ्ग्राबिना नै सुरक्षित अवतरण गरेको छ। जहाज अवतरण गर्ने क्रममा पाङ्गा नभएको थाहा भएको थियो ।

बिहीबार दिउँसो ४ः३९ बजे जनकपुरबाट काठमाडौंका उडेको ९एनएएनएच कलसाइन रहेको उक्त जहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ः०६ बजे सुरक्षित अवतरण गरेको थियो ।

उक्त जहाजको नोज ल्यान्डिङ गियरको एउटा टायर जनकपुरकै रनवेका झरेको फेला परे छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाज ग्राउन्डेड गर्दै अनुसन्धान सुरु गरिएको छ ।

उनले भने, ‘काठमाडौंमा अवतरण भएपछि मात्रै जहाजको नोज ल्यान्डिङ गियरको एउटा टायर नभएको थाहा भयो । ल्यान्डिङ गियरसँगै नोज ह्विल रहने भएका कारण पाइलटलाई इन्डिकेसन आउँदैन । अहिले जहाज ग्राउन्डेड गरि अनुसन्धान सुरु भएको छ । अवतरणलगत्तै पाइलटले जाँच गर्दा नोज ह्विल जनकपुरमै छुटेको रिपोर्ट आएको हो ।’

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ८ : २९ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल