बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने « Khabarhub

बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ । पाँच सय जनाको कुलपुत्र प्रवज्या, चौथौ त्रिपिटक वाचन चलिरहेको बेला शनिबार राति लुम्बिनीस्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो ।

धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना कुलपुत्रहरुको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखिएको हो ।

धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्जवलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए ।

उनले गत वर्ष पनि दीप प्रज्वलन गरिएको उल्लेख गर्दै आगामी वर्ष यसलाई अन्तरराष्ट्रियस्तरको बनाउने योजना रहेको बताए । दीप प्रज्वलनमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिका सहित विभिन्न देशबाट आएका पाहुनाको सहभागिता रहने जनाइएको छ ।

बौद्धमार्गीहरुमा दीप प्रज्वलनको निकै महत्व रहेकाले दीप प्रज्वलनले सकारात्मक सन्देश जाने लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताए । उनले बौद्ध शिक्षालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।

धम्मकायले दीप प्रज्वलनसँगै धम्मयात्राका लागि विशेष तयारी गरेको छ । अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घ, लुम्बिनी विकास कोषको आयोजना तथा बौद्ध समाज नेपाल सहआयोजनामा आगामी चैत २ गते शनिबार भैरहवामा बुद्धको अस्तिधातुसहितको धम्मयात्रा गर्ने हुनेभएको हो ।

धम्मयात्रामा लुम्बिनीमा भइरहेको पाँच सय जना प्रवजित अल्पकालीन भिक्षुहरु, भन्तेहरु सहभागी हुनेछन् । भैरहवाको रङ्गशालादेखि बुद्धचौकको लुम्बिनीगेटसम्म धम्मयात्रा हुनेछ ।

यस्तै सोही दिन बिहान देवदह, बुटवल, रामग्राममा धम्मयात्रा हुनेछ । चैत ३ गते प्रमाणपत्र वितरण, चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन् ।

लुम्बिनीमा अहिले पाँच सय जनाको प्रवज्या र चौथो अन्तरराष्ट्रिय त्रिपिटक वाचन भइरहेको छ । मायादेवी मन्दिर परिसरमा २० गते उनीहश्रलाई चिवर प्रदान गरी प्रवजित गराइएको हो भने बुधबार मात्रै त्रिपिटक पाठ समारोहको शुभारम्भ गरिएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ९ : ५१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल