शुक्रबार दक्षिण कोरियामा राष्ट्रपति युनसुक योलको शासनकालको औपचारिक अन्त्य भएको छ । देशको संविधान विपरीत सैन्य शासन लागू गरेको ठहर गर्दै संवैधानिक अदालतले योल माथिको महाअभियोगलाई पुष्टि गरेको छ । दक्षिण कोरियाको लामो समयको राजनीतिक कालखण्डमा अहिले प्रविधि र के-ड्रामाको लोकप्रियताको युगमा पुगेको छ ।
वैदेशिक आक्रमणका कारण देश युद्धमा होमिएको तथा त्यसै अवस्थामा लगाउन सकिने सैन्य शासनको घोषणा कसैले अनुमान समेत नगरेको समयमा ३ डिसेम्बरमा योलले गरेका थिए । विश्व राजनीतिमा चासो दिनेको मनमा अहिले पनि एउटै प्रश्न उब्जिएको छ । साँच्चै त्यस समयमा योलले के सोची रहेका थिए होलान् ?
आम नागरिक, त्यहाँको सेना तथा प्रजातान्त्रिक र संवैधानिक संरचनालाई बेवास्ता गरेर सो निर्णय गरेका योलले केही मिनेटमा नै आफ्नो निर्णय फिर्ता लिएका हुन् ।

योललाई बाल्यकालदेखि नै चिन्नेका लागि उनी जितका लागि पागल थिए । केही कुरा आँटेपछि आँखा चिम्लेर अघि बढ्ने उनको आदत नै थियो । अग्लो भएका कारण अन्यलाई असहज नहोस् भन्नका लागि अन्तिम बेन्चमा बस्ने गरेका उनी पढाइमा भने तेज थिएनन् । नवौँ पटकको प्रयासमा उनले बार परीक्षा उत्तीर्ण गरेका थिए ।
दक्षिण कोरियामा सैन्य शासक चुन डो ह्वानले शासन गरिरहेको समयमा सन् १९८० को दशकमा युन कलेज प्रवेश गरेका थिए। सोही समय ग्वान्जझुमा सैन्य शासनको विरुद्धमा विद्यार्थीको प्रदर्शन हुने गरेको थियो । युन त्यसमा पनि धेरै सहभागी हुने गरेका थिएनन् ।
तत्कालै धैर्यता गुमाउने युनकै सहपाठीका अनुसार एक दिन प्रहरीले कलेजमा प्रवेश गरेर दुई छात्रालाई गिरफ्तार गर्न खोज्दा उनी च्याँठिएका थिए । यसपछि उनीहरू दुवै जना त्यहाँबाट भागेका थिए ।
राज्यको अभिआयोजकको रूपमा काम गर्दा उनी चर्चित थिए । व्यक्तिगत आग्रह नराखेर सही या खराबको आधारमा मात्र अघि बढ्ने उनको आदतका कारण हरेक दिन लोकप्रिय हुँदै थिए । आफ्नै हाकिमलाई जेल पठाउने काम समेत उनले गरेका थिए । भ्रस्टाचारविरुद्ध छानबिनमा सक्रिय उनले जागिर गुमाए । यो सबै राजनीतिक कारणले भएको ठहर गर्दै आम व्यक्तिको उनीप्रति सद्भाव बढेको थियो ।
सन् २०१८ मा उनले अर्को सनसनी फैलाए । अभियोजन कार्यमा फर्किएका उनले नै महाअभियोग लागेका कन्जरभेटिभका दक्षिण कोरियाली राष्ट्रपति पार्क गुयन हाईलाई जेल पठाए । यसपछि वामपन्थी झुकाव भएको सरकारले उनलाई प्रमुख अभियोजक बनाएको थियो । सो क्रममा उनले सरकारका प्रभावशाली मन्त्रीको विरुद्धमा मुद्दा अघि बढाएका थिए ।
दक्षिण कोरियामा उनको छवि अचम्मले फरक बन्दै गएको थियो । कसैको कुरा नसुनेर आफूलाई सही लागेको विषयमा अडिग रहने उनको आदत थियो । दक्षिण कोरियाको राजनीतिलाई नियाल्नेका अनुसार सो समयमा नै एक फरक बाटोमा धेरै कुरा गईसकेको थियो । अभियोजक नै भ्रष्टाचारमा लिप्त थिए । यस समयमा पनि उनले लोभ देखाएका थिएनन् । त्यसपछि उनले फेरि रोजगारी त्यागे ।

उनलाई उत्तर कोरियाली दलसँग नजिक भएको आरोप पनि लागेको थियो । यसै कारण उनले राजनीति गर्नका लागि दक्षिणपन्थी पिपुल्स पार्टी रोजे । उनका नजिकका दुई साथी ली र सिनका अनुसार युनको चाहना दक्षिण कोरियालाई भावनात्मक रूपमा एकाकार बनाउनु थियो ।
सन् २०२२ मा भएको निर्वाचनमा उनले लिबरल उम्मेदवार ली जाये मुङलाई एक प्रतिशतको मतान्तरले हराए । सन् १९८७ मा दक्षिण कोरियामा प्रत्यक्ष निर्वाचनको प्रावधान सुरु भए यता यो सबै भन्दा कम अन्तरको नतिजा थियो।
सुङ्गुकावान विश्व विद्यालयका सामान्य प्रशासनका प्राध्यापक डोन से लीका अनुसार त्यस समयमा मूल्य, मान्यता, पारदर्शी र प्रभावकारी हुने विषयमा युनमाथि धेरैको आशा थियो ।
उनी केही अनावश्यक प्रतिक्रियाका लागि पनि चर्चामा आउने गरेका थिए । सन् २०२२ मा चुनावी अभियानकै समयमा तानासाह राष्ट्रपति चुन डाव ह्वानले सन् १९८० मा गरेको नर संहारको राजनीतिज्ञको रूपमा राम्रै हुन सक्ने कुरा बताएका थिए ।
उनको शासनकालमा उनको श्रीमती किम क्योन हीको प्रभाव धेरै थियो । सोही समयमा एक पास्टरसँग ब्याग उपहार लिएको समयमा पनि उनी धेरै विवादित भए ।
उनले यस विषयमा आलोचनाको सामना गरे । अप्रिल महिनामा भएको आम निर्वाचनमा डेमोक्र्याटिक पार्टीले संसद्का ठुलो दलको हैसियत बनाएपछि उनको अधिकारमा कमी आएको थियो ।
विपक्षीकै कारण चर्को आलोचना र दबाब सहेका उनको शासनकालको सबै भन्दा महत्त्वपूर्ण विषय भनेको जापानसँग भएको सम्बन्धको सुमधुर विकास हो । घरेलु राजनीतिमा भने उनका हरेक योजना विपक्षीले विफल पारेका थिए । बजेटमा असफल र अन्य हरेक निर्णयमा विपक्षी अवरोधको सामना उनले गरेका थिए ।
अभिआयोजकको रूपमा काम गरेका उनको शैली पनि त्यस्तै थियो । यसका बाबजुद उनी सधैँ दबाबमा थिए । संसदमा विपक्षी दलको प्रभाव धेरै भएका कारण विपक्षीसँग वार्ता गर्न उनका साथीले भने पनि बारम्बार अस्वीकार गरिरहे ।
उनका सहयोगी र निकटस्थका अनुसार दक्षिण पन्थी दलको प्रभावमा रहेका उनले विपक्षी मार्क्सवादी भएको बताउँथे । उनले कहिले विपक्षीलाई उत्तर कोरियाली सहयोग रहेको गुनासो राख्ने गरेका थिए भने कुनै समय दक्षिण कोरियाको विपक्षी दल र चिनियाँ कम्युनिस्ट पार्टी एकै भएको बताउँथे । विपक्षीको दबाबका कारण युन एउटा भिटो शक्तिको चाहना राखेका थिए । हरेक निर्णय सांसदलाई अटेर गर्दै ल्याउन साँच्चै अफाप हो ।

अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको बहस धेरै चलेको छ । हरेक राजनीतिक व्यवस्थाका गुण वा दोष पक्कै छन् । दक्षिण कोरियाको यो घटना युनको स्वभाव, अभियोजनको पृष्ठभूमि हो । साथमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति संसदमा कमजोर हुनु एउटा मुख्य कारण हो । ३ डिसेम्बरपछि अहिले दक्षिण कोरिया अस्थिर छ । यसको निराकरण सायद अबको ६ महिनाकै बीचमा हुने निर्वाचनले तय गर्ने छ । स्रोतः बिबिसी, सिएनएन
प्रतिक्रिया