स्वास्थ्यकर्मी मारिएकोमा इजरायलबाट गल्ती स्वीकार | Khabarhub Khabarhub

स्वास्थ्यकर्मी मारिएकोमा इजरायलबाट गल्ती स्वीकार


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

इजराय – इजरायली सेनाले २३ मार्चका दिन दक्षिणी गाजामा १५ आपत्कालीन कार्यकर्ताको ज्यान जानुमा आफूहरूको गल्ती भएको स्वीकार गरेको छ।

रफाहा नजिकै प्यालेस्टाइनी रेडक्रस सोसाइटीको एम्बुलेन्समा आक्रमण भएको थियो। सोही एम्बुलेन्समा आपत्कालका लागि खटिएका स्वास्थ्यकर्मी समेत थिए।

इजरायली सेनाले सो गाडीले अँध्यारो समयमा फ्ल्यास लाइट र हेडलाइट नबालेका कारण आक्रमण गरेको जनाएको छ।

कुनै चेतावनी बिना सडकमा गुडीरहेको सो सवारी सधानलाई आक्रमण गरिएको भिडियो न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ।

यसअघि शनिबार इजरायली डिफेन्स फोर्सले पत्रकार सम्मेलनको आयोजना गर्दै इजरायलले तीन जना हमासका लडाकु रहेको सवारी साधनलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको थियो।

सवारी साधनले सेनाले जानकारी गराउनुका बाबजुद आक्रमण गरेको तथा त्यसलाई सेनाले नै खाल्डो खनेर गाडेको थियो। अन्तर्राष्ट्रिय निकायले चासो नदिएसम्म त्यो घटना गुपचुप नै राख्ने प्रयास इजरायलले गरेको थियो।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ९ : १४ बजे

कानूनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । आज कानून,

आईपीएलमा हैदरावादको लगातार चौथो हार, गुजरात सात विकेटले विजयी

काठमाडौं – जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा राजस्थान

स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा

वासिङ्टन डिसी – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसङ्घीय जनसङ्ख्या

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल चैत २५ गते सोमबार चैत