कैलालीको घोडाघोडी क्याम्सपमा अनेरास्ववियुका गौतम विजयी, क्रान्तिकारीको एकाधिकार तोडियो « Khabarhub

कैलालीको घोडाघोडी क्याम्सपमा अनेरास्ववियुका गौतम विजयी, क्रान्तिकारीको एकाधिकार तोडियो


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियु विजयी भएको छ । शनिबार भएको मतदानको आइतबार आएको नतिजाअनुसार अनेरास्ववियुका अशोक गौतम विजयी भएका हुन् ।

कुल एक हजार ६९१ जना मतदाता रहेको यस क्याम्पसमा गौतमले ६७० मत ल्याउँदै पहिलो पटक अनेरास्ववियुलाई जित दिलाएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गणेश भण्डारीले ४२८ मत ल्याएका छन् । सचिवमा नेविसंघका प्रविण भण्डारी ५५५ मतसहित विजयी भएका छन् ।

उनीसँग नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका भुवनराज जैसी ४९० मत ल्याउँदै पराजित भए । उता कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी ५६९ मतसहित विजयी भए । उनीसँग अखिल क्रान्तिकारीकी यालिशा कुमारी कुँवर ४१६ मतसहित पराजि भइन् ।

यो क्याम्पसमा विगतमा अखिल क्रान्तिकारीले स्ववियुमा जित निकाल्ने गरेको थियो । उक्त क्याम्पसमा यसपटक संयुक्त प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।

यहाँ अखिल क्रान्तिकारीका गणेश भण्डारी अध्यक्ष रहेको प्यानलले अन्य तीन सङ्गठनलाई समेटेर संयुक्त प्यानल बनाएको थियो । नेपाल विद्यार्थी सङ्घसहितको संयुक्त प्यानलबाट अनेरास्ववियुका अशोक गौतम अध्यक्षमा थिए । उता अनेरास्ववियूका यामबहादुर खत्रीको छुट्टै प्यानल थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १२ : ४१ बजे

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन