ताप्लेजुङमा चार महिनापछि हवाई सेवा सुरु « Khabarhub

ताप्लेजुङमा चार महिनापछि हवाई सेवा सुरु


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– करिब चार महिनापछि यहाँको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई सेवा सुरु भएको छ ।

सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो । 

शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो । काठमाडौंबाट पाँच यात्रु लिएर आएको जहाजले ताप्लेजुङबाट चार पुरुष र दुई महिला यात्रु गरी छ जनालाई काठमाडौँ लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ ।

लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले हवाई सेवा लिन पाएका थिएनन् । यस विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय याममा उडान गरेका थिए । हाल उनीहरूले सेवा बन्द गरेका छन् । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : १३ बजे

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा

कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट

कुवेत- अमेरिकी सेनाको सेन्ट्रल कमान्डले कुवेतले आफ्ना तीनवटा फाइटर जेट

अपडेट : निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थली– रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

काठमाडौं- यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा

म्यान्मा : संसद् बैठकअघि १० हजारभन्दा बढी कैदी माफी

एजेन्सी– पाँच वर्षभन्दा बढी समयपछि संसद्को पहिलो बैठक बोलाउने तयारी भइरहेका