पथरीको जिरिखिम्तीमा नाक, कान, घाँटीसम्बन्धी नि:शुल्क शिविर « Khabarhub

पथरीको जिरिखिम्तीमा नाक, कान, घाँटीसम्बन्धी नि:शुल्क शिविर


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

पथरी– मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिसँगको सहकार्यमा विराटनगरमा रहेको दिव्यज्योति अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

नाक कान घाँटी र आँखासम्बन्धी सेवा दिने उद्देश्यले शनिबार सञ्चालित उक्त शिविरमा करिब १५० जना सेवाग्राहीले सेवा लिएको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिका सचिव प्रेम केडीले जानकारी दिए ।

संस्थाको भवनमा सम्पन्न शिविरमा आँखा रोग विशेषज्ञ डा. प्रिया मण्डल र नाक, कान, घाँटी रोग विशेषज्ञ मुकेश ठाकुरले सेवा दिएका थिए। शिविरबाट पथरीशनिश्चरेका विभिन्न वडाका सेवाग्राहीहरू लाभान्वित भएका छन् ।

नगरकै सबैभन्दा पुरानो संस्थाको रूपमा चिनिएको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिले प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोगका साथै स्थानीय युवाहरूलाई खेलकुद तथा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

सोही संस्थाका युवाहरूले गत तिहारमा खेलेको देउसी-भैलो कार्यक्रमबाट संकलित रकमले पुस्तकालय सञ्चालन समेत गर्ने तयारी भइरहेको संस्थाका सचिव प्रेम केडीले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : २९ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र