अमेरिकाले दक्षिण सुडानका राहदानीवाहक सबै आप्रवासीको भिसा रद्द गर्ने, नयाँ भिसा पनि नदिने « Khabarhub

अमेरिकाले दक्षिण सुडानका राहदानीवाहक सबै आप्रवासीको भिसा रद्द गर्ने, नयाँ भिसा पनि नदिने


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले दक्षिण सुडानको राहदानीवाहक सबै आप्रवासीको भिसा रद्द गर्ने भएको छ । अमेरिकाबाट निष्कासित नागरिकलाई स्वीकार गर्न नमानेको भन्दै अमेरिकाले दक्षिण सुडानको राहदानी लिएर अमेरिकामा बसोबास गर्दै आएका सबै आप्रवासीको भिसा रद्द गर्ने निर्णय गरेको हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । उनले आइन्दा दक्षिण सुडानको राहदानी भएका कसैलाई पनि अमेरिकी भिसा नदिने समेत स्पष्ट पारेका छन् ।

‘दक्षिण सुडानको अन्तरिम सरकारले समयमै आफ्ना नागरिकलाई स्वीकार गर्न नमानेको’ भन्दै यस्तो निर्णय गरिएको उनले बताएका छन् । अमेरिकाले पछिल्लो समय हजारौँ आप्रवासीलाई देश निकाला गर्दै आएको छ । यसरी देश निकालामा परेका आफ्ना नागरिकलाई दक्षिण सुडानले फिर्ता लिन नमानेको उनको भनाइ छ ।

उनले दक्षिण सुडानको अन्तरिम सरकारलाई अमेरिकाबाट फाइदा नलिन समेत चेतावनी दिएका छन् । अमेरिकासहित अर्को मुलुकले निष्कासन गरेका आफ्ना नागरिकलाई समयमा नै स्वीकार गर्नु हरेक मुलुकको कर्तव्य हुने उनको भनाइ छ ।

गृहयुद्ध चलिरहेको अवस्थामा दक्षिण सुडानका नागरिकलाई अमेरिकाले ‘टेम्प्रोरी प्रोटेक्टेड स्टाटस (टीपीएस)’ कार्यक्रमअन्तर्गत अस्थायी रुपमा बसोबासको अधिकार दिँदै आएको छ । दक्षिण सुडानका नागरिकका लागि यो कार्यक्रम आउँदो मे ३ बाट अन्त्य हुँदैछ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  २ : १९ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको