डँडेलो नियन्त्रणमा ठोस योजना बनाएर अगाडि बढिरहेका छौँ : वनमन्त्री « Khabarhub

डँडेलो नियन्त्रणमा ठोस योजना बनाएर अगाडि बढिरहेका छौँ : वनमन्त्री


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वन डँडेलो नियन्त्रणका लागि ठोस योजना बनाएर अगाडि सरकार अघि बढिरहेको बताएका छन् ।  

आइतबार काठमाडौंमा फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्सको उद्घाटन गर्दै मन्त्री ठकुरीले वन डँडेलोका साथै आगोबाट सिर्जित समस्या समाधानका लागि सरकार ठोस योजना बनाएर अघि बढिरहेको बताएका हुन् । फागुन चैत्र वैशाखमा अत्यधिक वन डँडेलो लाग्ने देखिएकाले आगामी दिनमा यसलाई न्यूनीकरण गर्ने योजनालाई प्रभावकारी बनाउने उनले बताए ।

उनले तीनै तहका सरकारबाट वन डँडेलो नियन्त्रणको प्रयास गरे पनि पूर्णरुपमा सफल हुन नसकेको र यसले गर्दा जैविक विविधताको नासदेखि दिएर वातावरण प्रदूषण बढ्दै गएको धारणा राखे ।

मन्त्री ठकुरीले वन डँडेलो नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रयासलाई अवलम्बन गर्दै आधुनिक उपकरणहरू र प्रविधिको माध्यमबाट डँडेलो समस्या न्यूनीकरण र नियन्त्रण गर्नुपर्ने बताए ।  

नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसनले सम्मेलनको आयोजना गरेको हो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका ७५३ वटै पालिकाका प्रतिनिधि लगायत विज्ञहरूको सहभागिता रहेको छ । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ४ : ३३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ