डँडेलो नियन्त्रणमा ठोस योजना बनाएर अगाडि बढिरहेका छौँ : वनमन्त्री « Khabarhub

डँडेलो नियन्त्रणमा ठोस योजना बनाएर अगाडि बढिरहेका छौँ : वनमन्त्री


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वन डँडेलो नियन्त्रणका लागि ठोस योजना बनाएर अगाडि सरकार अघि बढिरहेको बताएका छन् ।  

आइतबार काठमाडौंमा फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्सको उद्घाटन गर्दै मन्त्री ठकुरीले वन डँडेलोका साथै आगोबाट सिर्जित समस्या समाधानका लागि सरकार ठोस योजना बनाएर अघि बढिरहेको बताएका हुन् । फागुन चैत्र वैशाखमा अत्यधिक वन डँडेलो लाग्ने देखिएकाले आगामी दिनमा यसलाई न्यूनीकरण गर्ने योजनालाई प्रभावकारी बनाउने उनले बताए ।

उनले तीनै तहका सरकारबाट वन डँडेलो नियन्त्रणको प्रयास गरे पनि पूर्णरुपमा सफल हुन नसकेको र यसले गर्दा जैविक विविधताको नासदेखि दिएर वातावरण प्रदूषण बढ्दै गएको धारणा राखे ।

मन्त्री ठकुरीले वन डँडेलो नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रयासलाई अवलम्बन गर्दै आधुनिक उपकरणहरू र प्रविधिको माध्यमबाट डँडेलो समस्या न्यूनीकरण र नियन्त्रण गर्नुपर्ने बताए ।  

नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसनले सम्मेलनको आयोजना गरेको हो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका ७५३ वटै पालिकाका प्रतिनिधि लगायत विज्ञहरूको सहभागिता रहेको छ । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ४ : ३३ बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले