बलिउड नायिका ज्याकलिनलाई मातृ शोक « Khabarhub

बलिउड नायिका ज्याकलिनलाई मातृ शोक


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायिका ज्याकलिन फर्नानडिजकी आमा किमको निधन भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार किमको आइतबार मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

किमलाई हृदयघात भएपछि गत मार्चमा २४ मा मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनीलाई त्यही अस्पतालमा राखेर उपचार गरिरहेको थियो ।

भारतीय मिडिया आजतकका अनुसार किमलाई आईसीयूमा राखेर उपचार गरिदै आएको थियो ।

किमलाई अस्पतालमा भेट्ने ज्याकलिननिकट रहेका नायक सलमान खान पनि केही समयअघि लीलावती अस्पतालमा पुगेको तस्बिर सार्वजनिक भएको थियो ।

पछिल्लो समय आमाको अस्वस्थताले ज्याकलिनले काममा कम समय दिएकी छन् । त्यहीकारण आईपीएलको उद्घाटन कार्यक्रममा उनी सहभागी भएकी थिइनन् ।

ज्याकलिन ‘हाउसफुल २’, ‘मर्डर २’, ‘किक’, ‘बद्रर्स’ जस्ता हिट फिल्मकी नायिका हुन् । पछिल्लो समय उनको अभिनय रहेको फिल्म ‘फतेह’मा प्रदर्शनमा आएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ५ : १४ बजे

श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको

पिउनै नहुने ‘एक्सट्रिम इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’

काठमाडौं– पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न किसिमका पेय

धुर्मुस अमेरिका हानिएपछि आर्यन राखेर ‘पाँच पाण्डव’को छायाङ्कन

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका गएपछि अर्को नायक

रविको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, हेर्दाहेर्दैमा राखेर निरन्तर बहस

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र

गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनको एजेन्डलाई तत्कालीन सभापति शेरबहादुर देउवाले