माग पूरा नभएसम्म शिक्षकले उत्तरपुस्तिका परीक्षण नगर्ने « Khabarhub

माग पूरा नभएसम्म शिक्षकले उत्तरपुस्तिका परीक्षण नगर्ने


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । यही चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोनल गरिरहेको महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन उनले आग्रह गरेका छन् ।

महासङ्घको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्लोन भइरहेको छ । महासङ्घ अध्यक्ष सुवेदीले विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो नभएसम्म आन्दोलनमै रहने बताए । उनले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ८ : ४४ बजे

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा