भृकुटी मण्डपमा आमसभा गर्न राप्रपाले पाएन अनुमति « Khabarhub

भृकुटी मण्डपमा आमसभा गर्न राप्रपाले पाएन अनुमति


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ गते गर्ने भनिएको आमसभा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्नु पर्ने भएको छ ।

काठमाडौं जिल्ला प्रशासनले राप्रपाले प्रदर्शनी मार्ग भृकुटी मण्डपमा आमसभाका लागि अनुमति मागेपनि सुरक्षाको कारण देखाउँदै सिफल चौर वा बल्खु क्षेत्रमा कार्यक्रम गर्न अनुमति दिएको हो ।

‘काठमाडौंको प्रदर्शनी मार्ग भृकुटी मण्डपमा कार्यक्रम आयोजना गर्न अन्य आन्दोलनका कार्यक्रमहरु (शिक्षकहरुको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमहरु लगायत पूर्व निर्धारित कार्यक्रमहरु)पनि भइरहेको हुँदा सुरक्षा संवेदनशिलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ९ : २५ बजे

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट