भृकुटी मण्डपमा आमसभा गर्न राप्रपाले पाएन अनुमति « Khabarhub

भृकुटी मण्डपमा आमसभा गर्न राप्रपाले पाएन अनुमति


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ गते गर्ने भनिएको आमसभा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्नु पर्ने भएको छ ।

काठमाडौं जिल्ला प्रशासनले राप्रपाले प्रदर्शनी मार्ग भृकुटी मण्डपमा आमसभाका लागि अनुमति मागेपनि सुरक्षाको कारण देखाउँदै सिफल चौर वा बल्खु क्षेत्रमा कार्यक्रम गर्न अनुमति दिएको हो ।

‘काठमाडौंको प्रदर्शनी मार्ग भृकुटी मण्डपमा कार्यक्रम आयोजना गर्न अन्य आन्दोलनका कार्यक्रमहरु (शिक्षकहरुको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमहरु लगायत पूर्व निर्धारित कार्यक्रमहरु)पनि भइरहेको हुँदा सुरक्षा संवेदनशिलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ९ : २५ बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले