फिल्म ‘माइतीघर’ : सुटिङ सेटबाट बाहिरियो ‘माग्ने बूढा’को लुक्स « Khabarhub

फिल्म ‘माइतीघर’ : सुटिङ सेटबाट बाहिरियो ‘माग्ने बूढा’को लुक्स


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी फूलपाती प्रदर्शन मिति तोकिएको फिल्म ‘माइतीघर’ छायाङ्नको क्रममा छ । गत बिहीबारबाट यस फिल्मको छायाङ्कन सुरु भएको हो ।

अहिले छायाङ्कन टोली म्याग्दी जिल्लाको ताकम गाउँमा छ । यस फिल्ममा केदार घिमिरे ‘माग्ने बूढा’, नायक धिरज मगर, प्रकाश सपुत, नायिका उपासना सिंह ठकुरी शीर्ष भूमिकामा रहेको बताइएको छ ।

छायाङ्नस्थलबाट केदार घिमिरेले फिल्ममा निर्वाह गरेको चरित्र खुल्ने तस्बिर सार्वजनिक भएको छ । उक्त तस्बिरमा केदार खाटमा बसेर मोबाइल फोन हेरिरहेका छन् ।

झट्ट हेर्दा उनी गाउँको मुखिया जस्तो देखिन्छन् । तर, उनले निर्वाह गरेको भूमिकाबारे निर्माण पक्षले केही जानकारी दिएको छैन ।

मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई तामाङ संकृतिको सेरोफेरोमा राखेर निर्माण गरिएको निर्माण गरिने बताइएको छ ।

पहिलो चरणको छायाङ्कन २० दिन ताकम हुने र दोस्रो चरणको छायाङ्कन २० दिन दरबाङको तातोपानी क्षेत्रमा हुने बताइएको छ ।

रोहित अधिकारी फिल्मसको ब्यानरमा बन्ने यस फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी रहने बताइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : १३ बजे

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३