फिल्म ‘माइतीघर’ : सुटिङ सेटबाट बाहिरियो ‘माग्ने बूढा’को लुक्स « Khabarhub

फिल्म ‘माइतीघर’ : सुटिङ सेटबाट बाहिरियो ‘माग्ने बूढा’को लुक्स


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी फूलपाती प्रदर्शन मिति तोकिएको फिल्म ‘माइतीघर’ छायाङ्नको क्रममा छ । गत बिहीबारबाट यस फिल्मको छायाङ्कन सुरु भएको हो ।

अहिले छायाङ्कन टोली म्याग्दी जिल्लाको ताकम गाउँमा छ । यस फिल्ममा केदार घिमिरे ‘माग्ने बूढा’, नायक धिरज मगर, प्रकाश सपुत, नायिका उपासना सिंह ठकुरी शीर्ष भूमिकामा रहेको बताइएको छ ।

छायाङ्नस्थलबाट केदार घिमिरेले फिल्ममा निर्वाह गरेको चरित्र खुल्ने तस्बिर सार्वजनिक भएको छ । उक्त तस्बिरमा केदार खाटमा बसेर मोबाइल फोन हेरिरहेका छन् ।

झट्ट हेर्दा उनी गाउँको मुखिया जस्तो देखिन्छन् । तर, उनले निर्वाह गरेको भूमिकाबारे निर्माण पक्षले केही जानकारी दिएको छैन ।

मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई तामाङ संकृतिको सेरोफेरोमा राखेर निर्माण गरिएको निर्माण गरिने बताइएको छ ।

पहिलो चरणको छायाङ्कन २० दिन ताकम हुने र दोस्रो चरणको छायाङ्कन २० दिन दरबाङको तातोपानी क्षेत्रमा हुने बताइएको छ ।

रोहित अधिकारी फिल्मसको ब्यानरमा बन्ने यस फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी रहने बताइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : १३ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ