धनराजले संसद्‍मा भने- राजसंस्था सिनो भइसक्यो, त्यसलाई बोक्नेको पनि काँघ गन्हाउँछ « Khabarhub

धनराजले संसद्‍मा भने- राजसंस्था सिनो भइसक्यो, त्यसलाई बोक्नेको पनि काँघ गन्हाउँछ


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शाहवंशीय राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले अहिले केही मानिसहरूले त्यही सिनो बोकेर हिँडिरहेको उल्लेख गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजावादीले सिनो बोकेर हिँड्दै गर्दा गणतन्त्र पक्षधरहरूले पनि जिउँदै पो छ कि भनेर त्यसलाई लात्तीले हान्न नहुने नेता गुरुङले बताए ।

उनले राजसंस्थालाई २०६२/०६३ सालको दोस्रो जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै–लखेट्दै लगेर ठूलो भीरबाट खसालिसकेको बताए । राप्रपातिर तर्फलक्षित गर्दै उनले सिनो बोकेर हिँड्नेको काँध पनि गन्हाउने बताए ।

‘मरेको बाघलाई दुईचार जनाले फेरि काँधमा बोकेर यो त जिउँदै छ भनेर आउँदैमा लहलहैमा लागेर यो त साँच्चिकै जिउँदै छ कि भनेर मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हो कि जस्तो मलाई लागेको छ’, उनले भने, ‘मरिसकेको बाघको सिनो बोकेर आउनेको काँघ त गन्हाउँछ नै । तर, हामीले सिनोलाई लात्तले हान्दा हाम्रो खुट्टा पनि त गन्हाउँछ होला नि ।’

उनले यसतर्फ ध्यान दिएर आफ्नै खुट्टालाई दुर्गन्धित बनाउनतिर गणतन्त्रवादी लाग्न नहुने बताए । ‘कर्म, व्यहार, दृष्टिकोण र उद्देश्य र गन्तव्यले यो व्यवस्थालाई सुदृढ गर्दै लाने हो,’ गुरुङले भने ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ३ : ०६ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त