सरकारका प्रवक्ता भन्छन्- अब कर्मचारीहरूलाई दलनिकट संगठन बनाउन दिनु हुँदैन « Khabarhub

सरकारका प्रवक्ता भन्छन्- अब कर्मचारीहरूलाई दलनिकट संगठन बनाउन दिनु हुँदैन


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीहरूलाई दलैपिच्छेको संगठन बनाउने अधिकार दिन नहुने बताएका छन् ।

‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ विषयक अन्तरक्रिया कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा सरकारका प्रवक्तासमेत रहेका गुरूङले यस्तो बताएका हुन् ।

उनले विगतमा निरङ्कुशताविरुद्धमा सबै लड्नुपर्ने अवस्थामा संगठन बनाउन दिइए पनि लोकतन्त्रमा कर्मचारीका लागि दलैपिच्छेको संगठन बनाउन दिन नहुने बताएका हुन् ।

उनले नेपाल शिक्षक महासंघको आन्दोलनबारे पनि टिप्पणी गरेका छन् ।

‘अब चाहिँ दलहरूले भन्न सक्नुपर्छ–हिजो अधिकारको आन्दोनलको एउटा चरण थियो, सबै लागेका थियौँ, निरङ्कुशताविरुद्ध । अब लोकतन्त्र आइसक्यो । लोकतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार कर्मचारीलाई दिनु हुँदैन’, उनले भने, ‘यसले हाम्रो कर्मचारीतन्त्रलाई सुशासन कायम गर्ने कुरामा बाधा गर्‍यो । एउटा मन्त्रीले मेरिटोक्रेशीमा विश्वास गरेर काम गर्छु भन्यो भने सक्छ ? सक्दैन । हाम्रो पालामा यति पनि नगरे हाम्रो संगठनको इज्जत जान्छ । हाम्रो डेमोक्रेसीको हुर्मत जान्छ भन्ने कसैले भन्दैन ।’

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ३ : ३८ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त