‘गभर्नर नियुक्ति ओलीका कारण अल्झिएको होइन, कांग्रेसलाई दिने सहमति भइसकेको छ’ « Khabarhub

‘गभर्नर नियुक्ति ओलीका कारण अल्झिएको होइन, कांग्रेसलाई दिने सहमति भइसकेको छ’


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ नभएको बताएका छन् ।

आज पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नु पर्ने नीति’ विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न् ।

‘केपी ओलीसँग हाम्रो गठबन्धन छ । उहाँले गठबन्धनमा कुनै समस्या क्रियट गर्नुभएको छैन । यहाँ राष्ट्र बैंकको गभर्नरबारे कुरा उठाउनुभयो । त्यसमा उहाँले ल्याउनुभएको समस्या होइन’, उनले भने, ‘त्यहाँ राष्ट्र बैंकभित्रै आन्तरिक समस्या आएर ढिला भएको हो । हामीले भनेको उम्मेदवारलाई गाह्रो भइरहेको छ । तर हामीले त्यो गर्छौँ । उहाँ (केपी ओली) कांग्रेसलाई गभर्नर दिने पक्षमा हुनुहुन्छ । यसमा दुई मत छैन । उहाँले त्यसमा सहयोग गर्नुभएको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले गभर्नर नियुक्तिमा कांग्रेस–एमालेबीच मतैक्यता नरहेको बताउ । उनले अहिले सत्ता गठबन्धनमा पनि कुनै समस्या नरहेको पनि स्पष्टीकरण दिए ।

नेपाल राष्ट्र बैंक गत चैत २४ गतेदेखि गभर्नरविहीन रहेको अवस्थामा देउवाले ओलीको बचाउ गरेका हुन् । गभर्नरलाई लिएर सत्ता गठबन्धन नै तलमाथि पर्ने चर्चाबीच देउवाले ओलीको साथमै रहेको प्रष्ट पारेका हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ११ बजे

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा विश्वस्त छु : प्रचण्ड

चितवन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई

विशाखापट्टनमबाट फर्किंदै गरेको इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा