सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव « Khabarhub

सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको बताएका छन् । 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले परम्परा धान्नका लागि मात्रै ल्याइएको नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको बताएका हुन् । 

यसलाई पास गर्नु र नगर्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ । अध्यक्ष यादवले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताए ।  

उनले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने वा नगर्ने भन्ने निर्णय पार्टी संसदीय दलको बैठकबाट हुने उल्लेख गरे । 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : ०५ बजे

रवि र उनका साझेदारका दुई मुद्दा फिर्ताको निर्णय लिँदा भेटिएका नयाँ प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा