भाटभटेनीबाट काजुदेखि ब्रान्डेड मदिरासमेत चोरियो, दोलखाका युवा भक्तपुरबाट पक्राउ | Khabarhub Khabarhub

भाटभटेनीबाट काजुदेखि ब्रान्डेड मदिरासमेत चोरियो, दोलखाका युवा भक्तपुरबाट पक्राउ


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही वैशाख २० गते काठमाडौं महानगरपालिका-५ नक्सालस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरबाट काजुदेखि ब्रान्डेड मदिरासमेत चोरी भएको खुलेको छ।

उक्त सुपरमार्केटको भुइँ तलास्थित ग्रोसरी डिपार्टबाट २ लाख १७ हजार ९६६ रुपैयाँ बराबरको समान चोरेर फरार दोलखाको बैतेश्वर गाउँपालिका-२ का ३७ वर्षीय बिमल बस्नेत पक्राउ परेका हुन् ।

हाल भक्तपुरको ठिमी बस्ने वर्ष उनलाई आइतबार नै पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति प्राप्त भइसकेको परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले बताए ।

चोरिएका सामान

१. ब्लु लेबल १ थान रु.३०,२६४।-

२. ग्लेण्डफिडिच १ थान रु.१६,१९६।-

३. ओल्ड दरवार १ थान रु.४,७५५।-

४. सुर्य चुरोट – ३० थान रु.१०,२००।-

५. आलमण्ड १५ केजी रु.२८,७२५।-

६. पिस्ता ८०० ग्राम १२ थान रु.२३,१९६।-

७. काजु ९०० ग्राम १० थान रु.२०,२३०।-

८. स्याफ्रान २५ थान रु.१३,७००।-

९. फिस वेल ६ थान रु.१९,५००।-

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : ४६ बजे

चित्लाङमा नेपाल टेलिकमको एनटी फाइबर सेवा विस्तार

काठमाडौं– नेपाल टेलिकमले मकवानपुर जिल्लाको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर

बाँकेमा धानखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

राँझा– बाँके जिल्लामा धानखेती गर्ने क्षेत्र घट्दै गए पनि गत

काठमाडौंका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई सेवा अनुगमनमा निस्किए सञ्चारमन्त्री

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उपत्यकाका विभिन्न स्थानमा जडान

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी

सहकारीको रकम हिनामिना गरेको आरोपमा सात जना पक्राउ

गण्डकी– कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत