उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्यौट « Khabarhub

उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्यौट


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कर्णाली– उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०८१-८२ को जेठ तेस्रो सातासम्म करिब ७९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।

उच्च अदालत सुर्खेतद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘अदालतको काम कारबाहीका सम्बन्धमा पत्रकारसँग अन्तरक्रिया’ मार्फत गत वर्षबाट सरी आएका एक सय ६२ र चालु आवमा दर्ता भएका छ सय १३ गरी छ सय नौ मुद्दामा ७८ दशमलव ५८ प्रतिशत मुद्दा फर्छ्यौट भएको अदालतका न्यायाधीश मातृकाप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार हालसम्म करिब ७९ प्रतिशत फछर्यौट भए पनि यो वर्षको मसान्तसम्म ८५ प्रतिशत मुद्दा फर्छ्यौट गरिने लक्ष्य राखिएको छ ।

न्यायाधीश भण्डारीले पुनरावेदनअन्तर्गत देवानी ८५, सरकारवादी फौजदारी पाँच सय ४१, दुनियाँवादी फौजदारी ४४ गरी छ सय ७०,  रिट ९४ र सुरु मुद्दा ११ गरी सात सय ७५ मुद्दामा छ सय नौ फछर्यौट भएको र एक सय ६६ फर्छ्यौट हुन बाँकी रहेको जनाए। 

त्यसैगरी, प्रतिवेदनअन्तर्गत मुलुक फौजदारी कार्यविधि संहिताको ७३ नम्बरबमोजिम एक सय ३५ र मुलुकी देवानी कार्यविधि संहिताको एक सय ५७ नम्बरबमोजिम १७ मुद्दा गरी एक सय ५२ मा एक सय २९ फर्छ्यौट र १५ फर्छ्यौट हुन बाँकी रहेको उनले बताए।

मुद्दाको विषयअनुसार जबर्जस्ती करणीसम्बन्धी एक सय ३१, ज्यान मार्ने कसुरका एक सय आठ, लागूऔषधका ७३, विवाहसम्बन्धी ६१, चोरीका ४५, वन तथा वन्यजन्तुसम्बन्धी १७, जातीय छुवाछूतसम्बन्धी ३१, हातहतियार खरखजनाका छ, मानव बेचबिखन तथा ओसारपसारका पाँच, रिट निवेदन ९४ र अन्य दुई सय चार मुद्दा दर्ता भएको न्यायाधीश भण्डारीले बताए।

अन्तरक्रियामा उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले चालु आर्थिक वर्षमा एक हजार मुद्दा दर्ता हुने र सात सय १२ मुद्दा फर्छ्यौट हुने लक्ष्य राखिएको बताए। उनले कर्णालीमा न्यायालयले सम्पादन गर्ने मुद्दासम्बन्धी समाचार कम मात्र आउने गरेको बताउँदै गहिरो अध्ययन–अनुसन्धानबाट न्यायसम्बन्धी समाचार सम्प्रेषण गर्न कर्णालीका पत्रकारहरूलाई अनुरोध गरे । न्यायालय संविधान र कानुनबाट मात्र प्रभावित हुने बताएको कामु मुख्य न्यायाधीश भट्टराईले भीड वा अन्य कुनै दबाबमा अदालत नडगमगाउने प्रष्ट्याए । 
 

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ८ : ०१ बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका