कार्लो एन्सेलोटीको डेब्युमा इक्वेडरसँग बराबरीमै चित्त बुझायो ब्राजिलले « Khabarhub

कार्लो एन्सेलोटीको डेब्युमा इक्वेडरसँग बराबरीमै चित्त बुझायो ब्राजिलले


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत बिहीबार इक्वेडरविरुद्धको खेलमा ब्राजिल गोलरहित बराबरीमा रोकिएको छ ।

यससँगै रिल मड्रिडबाट गएका नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीको पहिलो खेल पनि जितविहीन भएको छ ।

ब्राजिलको प्रशिक्षकको रूपमा पहिलो खेल उनले गोलरहित बराबरीमा टुंग्याए । ६५ वर्षीय इटालियन प्रशिक्षकले युरोपेली सिजनको अन्त्यमा रियल म्याड्रिड छाडेका थिए । उनलाई २०२६ विश्वकपको अन्तिम चरणसम्म ब्राजिलको जिम्मेवारी दिइएको छ।

पूर्वएसी मिलान र चेल्सी प्रशिक्षक एन्सेलोटीले डोरिवाल जुनियरको स्थान लिएका हुन् । जसलाई मार्चमा अर्जेन्टिनासँग ४–१ को लज्जास्पद हारपछि बर्खास्त गरिएको थियो।

इक्वेडरको घरेलु मैदान एस्टाडियो मोनुमेन्टल गुआयाक्विलमा हजारौँ समर्थकबीच खेल भएको थियो । खेल सुरु हुनु केही बेरअघि गोलरक्षक हर्नान गालिन्डेज घाइते हुँदा इक्वेडरका नयाँ गोलरक्षक गोंजालो भालेलाईले डेब्यु गरे ।

भालेलाई सुरुवातमा दबाबमा देखिए पनि भिनिसियस जुनियरको शट रोकेर राम्रो प्रदर्शन गरे। मध्यक्षेत्रमा दुवै टिमले नियन्त्रण जमाउन नसकेकाले खेलमा गतिलो मौका निस्किएन ।

दोस्रो हाफमा पनि खेल सुस्त थियो । इक्वेडरका स्टार स्ट्राइकर एन्नर भ्यालेन्सिया घाइते भएकाले उनीहरू आक्रमणमा कमजोर देखिए। उता ब्राजिल पनि रोड्रिगोको अनुपस्थितिमा धारिलो देखिएन।

खेलको ७५ औँ मिनेटमा भिनिसियसले कासेमिरोलाई दिएको पासमा कमजोर प्रहारले गोल हुन सकेन ।

बिहीबारको नतिजापछि ब्राजिल २२ अंकसहित तालिकाको चौथो स्थानमा यथावत छ । इक्वेडर २४ अंकका साथ दोस्रो स्थानमा यथावत् रहेको छ।

बिहीबार चिलीविरुद्ध जित निकालेको अर्जेन्टटिना ३२ अंकसहित शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना आफ्नो समूहबाट संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने २०२६ विश्वकपको लागि छनोट हुने पहिलो टोली बनेको छ।

खेलपछि भिनिसियसले एन्सेलोटीको रक्षा गरे । ‘म धेरै खुसी छु, एन्सेलोटी हामीसँग छन्। उनी मेरा लागि अहिलेसम्मकै सबैभन्दा राम्रो प्रशिक्षक हुन्। तर उनीसँग आफ्नो योजनाअनुसार खेलाउन पर्याप्त समय थिएन,’ उनले भने ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १२ : १९ बजे

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो