‘नो प्लाष्टिक जोन’ कार्यान्वयन गर्ने कांग्रेसको घोषणा | Khabarhub Khabarhub

‘नो प्लाष्टिक जोन’ कार्यान्वयन गर्ने कांग्रेसको घोषणा


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सबै तहका कार्यालयहरूलाई प्लाष्टिकरहित क्षेत्र (नो प्लाष्टिक जोन) बनाउने भएको छ ।

कांगे्रसले केन्द्रदेखि वडा तहसम्मका पार्टी कार्यालयहरू र भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरूलाई ‘नो प्लाष्टिक जोन’ बनाउने भएको हो ।

मातहतका कार्यालयहरूलाई ‘नो प्लाष्टिक जोन’ बनाउन कांग्रेसले सबै निकायलाई परिपत्र नै गरेको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले परिपत्रमार्फत् वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै लगिने पार्टीको नीतिअनुसार ‘नो प्लाष्टिक जोन’ लाई कार्यान्वयन गर्न भनेका छन् ।

यसअघि सभापति शेरबहादुर देउवाले जेठ १८ गते पार्टीको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आयोजना गरेको कार्यक्रममा कांग्रेसका सबै कार्यसमितिका कार्यालयदेखि भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरूलाई ‘नो प्लाष्टिक जोन’ बनाउने पार्टीको नीति रहेको बताएका थिए ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १ : ३३ बजे

‘पहिलेभन्दा बलियो’ आणविक क्षेत्रहरू पुनर्निर्माण गर्ने इरानको चेतावनी

तेहरान – इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्याइएको आणविक

मलेसिया सरकारले ल्याएको म्यानपावर मापदण्डमा व्यवसायीको विमति

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया सरकारले म्यानपावरका

केपी ओली पूर्वराष्ट्रपतिसँग कुरा गर्न तयार, अष्टलक्ष्मीले भनिन्- यसरी अल्झाएर भएन, नवीकरण विवाद टुंग्याऊँ

काठमाडौं- शनिबार भक्तपुरको गुन्डुमा बसेको नेकपा (एमाले) को सचिवालय बैठकमा

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौं – गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा