भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल | Khabarhub Khabarhub

भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

श्रीनगर-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु-कश्मीरको रियासी जिल्लामा चिनाब नदीमाथि बनेको विश्वकै अग्लो रेल आर्च पुलको शुक्रबार उद्घाटन गरेका छन्।

उनले त्यहाँबाट चिनाब पुल, अञ्जी पुल र कटराबाट कश्मीरसम्मको पहिलो वन्दे भारत रेललाई हरियो झण्डा देखाउँदै सञ्चालनमा ल्याए । प्रधानमन्त्री मोदी २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि पहिलोपटक कश्मीर पुगेका हुन्।

४२ मिनेटको सम्बोधनमा प्रधानमन्त्री मोदीले आतंकवाद, पाकिस्तान, कश्मीरको पर्यटन र विकासबारे बोले । ‘२२ अप्रिलमा पाकिस्तानले पहलगाममा मानवता र कश्मीरीमाथि हमला गर्‍यो। हामीले ६ मेमा त्यसको जवाफ कयामतले दियौं।’

उनले पहलगाममा भएको हमला कश्मीरको आमदानी स्रोत, विशेषगरी पर्यटकहरूमाथि लक्षित रहेको बताए । उक्त आम्दानीले स्थानीय मजदुर र व्यवसायीको रोजगारी धानेको पनि उनले उल्लेख गरे ।

विकास र समावेशी योजनामा जोड

प्रधानमन्त्री मोदीले एनडीए सरकारको ११ वर्षको कार्यकाललाई ‘गरिब कल्याण र सामाजिक उत्थान’ को युगको रूपमा वर्णन गरे।

यो पुल बनेसँगै अब नयाँदिल्लीबाट कश्मीरसम्म वन्दे भारत रेल जाने भएको छ। कटरा–श्रीनगर वन्दे भारत एक्सप्रेस ७ जुनदेखि चल्ने भएको छ। यस रेलमार्गले जम्मु–कश्मीरबीचको १० घण्टाको यात्रालाई मात्र ३ घण्टामा झारेको छ ।

३५९ मिटर अग्लो छ । जुन फ्रान्सको एफिल टावरभन्दा अग्लो हो । अब यो पुल विश्वकै अग्लो आर्च रेल पुलका रूपमा चिनिएको छ ।

यो पुलले ३२७ किमी प्रतिघण्टा गतिसम्मको हावामा पनि सहनसक्ने क्षमता राख्दछ। भूकम्प प्रतिरोधी, विस्फोट प्रतिरोधी, अत्यन्तै कठिन भौगोलिक परिस्थितिमा यो पुल निर्माण गरिएको हो ।

यस पुल बनेसँगै कश्मीर अब रेलमार्गद्वारा भारतको बाँकी भागसँग वर्षैभरि जोडिनेछ । जसले जनजीवन, सुरक्षातन्त्र र आर्थिक गतिविधि बढाउने विश्वास भारतले लिएको छ ।

अर्कातिर अञ्जी पुल भारतको पहिलो केबल स्टे रेल पुल भएको छ । जुन ३३१ मिटर अग्लो छ जसले कटरा–रियासीलाई जोड्छ।

यी पुलहरू २७२ किलोमिटर लामो उधमपुर–श्रीनगर–बारामुला रेल लिंक परियोजनाका हिस्सा हुन् । जुन सन् १९९७ मा सुरु भएको थियो । यो परियोजना पूरा हुन २८ वर्ष लाग्यो।

यो परियोजनाअन्तर्गत ३६ वटा सुरुङ बनेका छन् । जसमध्ये सबैभन्दा लामो ती-५० टनेल (१२.७७ किमी) को रहेको छ । यो परियोजनामा १३ किलाेमिटर लामा ९४३ वटा पुल बनेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ३ : २४ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय